KSY 9.22 -0.19 PHCL 465.1 -9.9 PPL 461 -2.5 MNBBL 395.8 -0.8 MAKAR 500 6 NMB 263.9 -7.1 LVF2 9 0 ICFC 823.9 74.9 TRH 1118 -5 VLUCL 588 -1.9 SSHL 215 0.8 DLBS 1374 30 IGI 600 -4 MDB 630 -3.8 BFC 625 9.1 ALBSL 1040 -4 HHL 439 -3.2 SLCF 9.21 -0.1 NICD88 1032 -21 RMF1 9.15 -0.1 TAMOR 482.9 -2.1 NLO 242.1 0 MLBSL 2000 -26 PRIN 968 4 GMFIL 623 1 SARBTM 765 -5 USHEC 523 -7 ACLBSL 1035 0 CKHL 632 -8 UPPER 214.2 -1.8 NMFBS 1435 1 SPC 520 5 NMLBBL 769 -11 HEI 648 -10 SALICO 747 -9.1 LSL 253.5 -5.5 HBLD83 1056.3 0.3 API 289.5 2.5 NMBMF 695 -10 C30MF 9.74 0
×
भ्रष्टाचार कसुरमा मुद्दा खेपिरहेका विक्रम पाण्डेलाई मन्त्री बनाउदै राजेन्द्र लिङ्देन !



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ७ पुसमा सांसदको शपथ खाँदा ‘भ्रष्टाचार गर्नु आमाको रगत खाएसरह’ हुने भन्दै भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका थिए ।

शपथको भाषामै आमाको रगत शब्द राखेपछि उनी निकै विवादमा तानिए । तर, अहिले उनले ठेकेदार पृष्ठभूमिका सांसदलाई मन्त्री बनाएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा राप्रपाले तीन मन्त्री र एक राज्यमन्त्री पाएको छ । राप्रपा पार्टी अध्यक्ष लिङ्देनकै नेतृत्वमा सरकारमा जान लागेको हो । लिङ्देन उपप्रधानमन्त्री र ऊर्जामन्त्री, कानुन मन्त्री ध्रुवबहादुर प्रधान र सहरी विकासमन्त्री विक्रम पाण्डे बन्दैछन् ।

चितवन ३ बाट निर्वाचित पाण्डे भ्रष्टाचार कसुरमा विशेष अदालतमा मुद्दा खेपिरहेका नेता हुन् । कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डेले भौतिक पूर्वाधार मन्त्रीमा दाबी गरेका थिए । तर सत्तागठबन्धनमा उनले सहरी विकास मन्त्रालय पाएका छन् । सहरी विकास मन्त्रालय पनि विकासे मन्त्रालय हो । पाण्डेको कालिका कन्स्ट्रक्सनले थुप्रै जिल्लामा सहरी विकास मन्त्रालयअन्तर्गतको विकासे योजना हात पारेको छ ।

अब मन्त्री र ठेक्का दुवै एकै व्यक्ति हुने अवस्था आएको छ । उनीमाथि विभिन्न सडक आयोजना निर्माण गर्दा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । लामिछाने नागरिक र राहदानी विवादमा तानिएका छन् । आफूविरुद्ध परेको मुद्दा प्रभावित गर्नकै लागि लामिछाने गृहमन्त्री बनेको आरोप लागेको छ । पाण्डे पनि ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने गरी सहरी विकास मन्त्री बन्न लागेका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस