BNHC 466.9 0.7 MEN 631.1 -3.9 NBF2 9.15 -0.05 CIZBD86 1060 -10 GBBL 447 -6 HDHPC 208.8 -4.1 MATRI 1405 -8 SAGF 9.31 0.01 MLBBL 1635 15 OHL 925 -9 SNMAPO 190 0 LVF2 9 0 EBLD86 1040 -2 FMDBL 758 -0.1 ICFC 823.9 74.9 ENL 1102 -18 SCBD 1111 6 EBLD85 1105 5 NICGF2 8.78 -0.02 SSHL 215 0.8 ALBSL 1040 -4 KRBL 613 0 USHEC 523 -7 RSDC 735 0 SBLD89 1200 16.1 DOLTI 538 10 GBILD86/87 1030 4 SHL 512 -4.5 SBLD84 1040 19.3 GBLBS 738 -10 KKHC 260 -2 RAWA 889 29 NBLD85 1025 0 SHINE 473 -1.8 NMBD87/88 1027 -3 NMBMF 695 -10 LUK 9.21 -0.09 NLO 242.1 0 USHL 783.2 -13.7 SRLI 443.1 -4.9
×
नेपाल दूरसञ्चार कम्पनीको साधारण सभा सम्पन्न , आजैदेखि खातामा लाभांश पठाउने।



नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीवार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न भएको सभाले आर्थिक वर्ष २०७८।७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।  उक्त सभाले आर्थिक वर्ष २०७८।७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

सभाले ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । उक्त लाभांशको रकम आजदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गरिने भएको छ।

सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९/८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस