NTC 980.1 -2.4 BHPL 655.1 -12.7 BNT 14350 -50 TAMOR 482.9 -2.1 MAKAR 500 6 MEN 631.1 -3.9 NIMBPO 176.9 -1.1 RLFL 625 6.9 DHPL 242 1 HEI 648 -10 UMRH 475 -1.9 MHCL 410 -7 NICD83/84 1062 -19 NMB 263.9 -7.1 NIFRA 280 -5 HURJA 220 -4.6 HDHPC 208.8 -4.1 MND84/85 1030 2 RBCL 17071 -109 BHL 440 -13 RSDC 735 0 UNHPL 266 0 NLICL 606 -4 KBLD86 1115 0 NICFC 8.97 -0.33 SBLD89 1200 16.1 SLBBL 958.9 -4.2 JBLB 1534 -3 ANLB 4453.1 47 SIGS3 9.45 0.09 SHL 512 -4.5 API 289.5 2.5 SAGF 9.31 0.01 MCHL 488.3 -3.7 SAPDBL 569.6 -7.4 SBCF 9 -0.2 SPIL 853 -18 SHPC 525 -3.9 HPPL 316.3 -3.6 NICGF2 8.78 -0.02
×
चार दिनपछि आज सेयर बजार खुल्दै , निर्वाचन परिणामले कस्तो असर पार्ला ?



प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका कारण चार दिनदेखि बन्द रहेको सेयर आज मगलबार खुल्ने भएको छ ।

चुनावी परिणाम आउँदै गर्दा खुल्ने सेयर बजारले दिने परिणामसँगै सेयर बजारको प्रवृत्तिबारे सर्वसाधारणको चासो छ । निर्वाचनअघि सेयर बजार नेप्से परिसुचकमा बढ्दो प्रवृत्ति देखिएको थियो । चुनावपछि पनि त्यहीँ प्रवृत्तिले निरन्तरता पाउने आधार बलिया देखिन्छन् ।

विश्व बजारमै एउटा भाष्य छ, वामपन्थी नेतृत्व सेयर बजार प्रति उदार हुँदैनन् । नेपालमा पनि विगतमा सेयर बजारले त्यस्तै प्रवृत्ति देखाउँदै आइरहेको छ ।  ०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनपछिको सेयर बजारमा नेप्से घट्ने प्रवृत्ति देखिएको थियो । तत्कालीन समयमा  वामपन्थी दलहरुको सरकार बन्ने देखिएपछि लगानीकर्ताको मनोबल कमजोर भई नेप्से खस्किएको टिप्पणी गरिएको थियो ।

तर, यसपालीको मतपरिणाम भने फरक देखिने आकलन भइरहँदा सेयर बजारले कस्तो प्रतिक्रिया देखाउला भने आमचासोको विषय बनेको छ । प्रारम्भिक मतपरिणामलाई आधार लिने हो भने स‌‌सदमा कुनै पनि दलको बहुमत नपुग्ने र सरकार अस्थिर रहने सम्भावना रहेको विश्लेषकको आकलन छ । जुन सेयर बजारका लागि निकै नकारात्मक पक्ष हो । अस्थिर सरकार रहँदा आर्थिक गतिविधिले भन्दा राजनीतिक सक्रमण बढ्ने जोखिमका कारण बजार बढ्दै जानेमा लगानीकर्ता सशकित छन् ।

तर, निर्वाचनपछि बजारमा पैसाको आपुर्ति बढ्ने र तरलता सहज बन्दै गएमा बैकको ब्याजदर घट्ने हुँदा यसले अल्पकालीन रुपमा सेयर बजारलाई बढाउन सघाउ पुर्‍याउने आकलन गरिएको छ ।

त्यसबाहेक अहिले कर्जाको ब्याजदर बढेर उद्योगव्यवसायमा मन्दी आइरहेको समयमा नेपाल राष्ट्र बैकले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत निजी क्षेत्रका माग सम्बोधन गर्न कस्तो नीति लिन्छ भनेर लगानीकर्ता केही समयका लागि पर्ख र हेरको स्थितिमा बस्ने पनि आकलन गरिएको छ ।

सेयर बजार गत बिहीबार २५.५७ अंकले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको थियो । त्यसयता आज सेयर बजारको पहिलो कारोबार हुन लागेको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस