


टी–२० विश्वकपको दोस्रो सेमिफाइनलमा इंग्ल्याण्डले भारतलाई १० विकेटले पराजित गरेको छ ।
इंग्ल्याण्डले बिना कुनै विकेट गुमाएर १६९ रनको लक्ष्य पुरा गर्यो । पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । जवाफमा इङ्ल्यान्डको टोलीले १६ ओभरमा बिना कुनै क्षति बिना १७० रन बनाएको थियो। इङ्ल्यान्डका लागि एलेक्स हेल्सले ४७ बलमा अविजित ८६ रन बनाए ।
कप्तान जोस बटलरले ४९ बलमा ८० रन बनाए । भारतका ६ बलरमध्ये चारले १० भन्दा बढीको इकोनोमी रेटमा रन दिए । हार्दिक र कोहली बाहेक भारतका लागि कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । राम्रो सुरुवातपछि कप्तान रोहित शर्मा २७ रन बनाएर आउट भए ।
सूर्यकुमार यादवले १४ रन बनाए । ऋषभ पन्त ६ र केएल राहुलले ५ रन बनाएका थिए । रविचन्द्रन आश्विन एक बल नखेलेर शून्य रनमा अविजित रहे । इंग्ल्याण्डका लागि क्रिस जोर्डनले चार ओभरमा ४३ रन दिएर तीन विकेट लिए । क्रिस वोक्स र आदिल रसिदले एक–एक सफलता हात पारे ।