×
शतप्रतिशत हकप्रद जारी गर्न आइएमई लाइफ इन्सुरेन्सको  साधारण सभा आज



आइएमई लाइफ इन्सुरेन्सको पाँचौं वार्षिक साधारण सभा आज (असोज २६ गते) बस्दैछ ।

सभा लैनचौर बैङक्वेट्स, लैनचौर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले पुँजी वृद्धि गर्न संस्थापक सेयरधनीलाई हाल कायम चुक्ता पुँजीमा शतप्रतिशत हकप्रद जारी गर्ने तथा सर्वसाधारणलाई आइपीओ जारी गर्ने विशेष प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान तथा नगद प्रवाह विवरण पारित गर्ने एजेन्डा रहेको छ । यस्तै, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस