×
Lagani
Lagani Shiksha gif
सिद्धार्थ बैंकको सेवा तीन दिन प्रभावित हुने



सिद्धार्थ बैंकको बैंकिङ सेवा तीन दिन प्रभावित हुने भएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको प्राथमिक बैंकिङ प्रणालीलाई परिवर्तन गरी थप सुविधा प्रयोगमा ल्याउन तीन दिन बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने जनाएको हो । बैंकले नयाँ फिनाकल कोर (core) बैंकिङ सिस्टम प्रयोगमा ल्याउनको लागि जडान कार्य गर्नुपर्ने भएको हुँदा शुक्रबार साँझदेखि आइतबार दिनभर बैंकिङ सेवा बन्द रहने जनाएको छ।

Lagani Shiksha gif
sharehubapk सिद्धार्थ बैंकको सेवा तीन दिन प्रभावित हुने

बैंकका अनुसार प्राथमिक बैंकिङ प्रणाली परिवर्तनपश्चात् ग्राहकहरूले हाल कायम रहेको खाता नम्बरबाटै साविकबमोजिम कारोबार गर्न सक्ने छन् । उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ कारोबार उल्लेखित मितिअगावै गरी सहयोग गरिदिनसमेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस