×
सिद्धार्थ बैंकको सेवा तीन दिन प्रभावित हुने



सिद्धार्थ बैंकको बैंकिङ सेवा तीन दिन प्रभावित हुने भएको छ ।

बैंकले हाल प्रयोग गरिरहेको प्राथमिक बैंकिङ प्रणालीलाई परिवर्तन गरी थप सुविधा प्रयोगमा ल्याउन तीन दिन बैंकिङ सेवा पूर्ण रूपमा बन्द रहने जनाएको हो । बैंकले नयाँ फिनाकल कोर (core) बैंकिङ सिस्टम प्रयोगमा ल्याउनको लागि जडान कार्य गर्नुपर्ने भएको हुँदा शुक्रबार साँझदेखि आइतबार दिनभर बैंकिङ सेवा बन्द रहने जनाएको छ।

बैंकका अनुसार प्राथमिक बैंकिङ प्रणाली परिवर्तनपश्चात् ग्राहकहरूले हाल कायम रहेको खाता नम्बरबाटै साविकबमोजिम कारोबार गर्न सक्ने छन् । उक्त दिनहरुमा गर्नुपर्ने अत्यावश्यक बैंकिङ कारोबार उल्लेखित मितिअगावै गरी सहयोग गरिदिनसमेत बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस