मिर्मिरे लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ।
संस्थाले बुद्ध ज्योती लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि शेयर संरचना मिलाउन एफपीओ निष्कासन गर्ने भएको हो । कम्पनीले बुद्ध ज्योती लघुवित्तलाई १ बराबर शून्य दशमलव ७६ को अनुपातमा गाभेको हो।
स्वाप रेसियो निर्धारण गर्दा वित्तीय संस्थाको कुल चुक्तापूँजी रू. ५३ करोड १२ लाख ५ हजार ३ सय ८८ पुगेको हुदा प्रिमियममा एफपीओ निष्कासन गर्ने कम्पनीले तयारि गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व प्रतिशत ७० : ३० कायम गर्ने प्रयोजनको लागि एफपीओ जारी गर्न लागिएको कम्पनीले बताएको छ ।
कम्पनीको अधिकृत पूँजी रू.६० करोड रहेको छ । एफपीओ जारी गर्दा प्रिमियमसहित जारी गर्न पाउने भए पनि कम्पनीले कति रुपैयाँमा सेयर बिक्री गर्ने भन्ने कुरा खुलाइसकेको छैन।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted











