×
Lagani
Lagani Shiksha gif
समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज



समृद्धि फाइनान्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

यसले असार १ गतेदेखि ७ लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको थिर्यो । कम्पनीले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो ।

Lagani Shiksha gif

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसअघि कम्पनीले चैत २९ गतेबाट वैशाख ७ गतेसम्म संस्थापक समूहको ८ लाख ६७ हजार ३६६ कित्ता र सर्वसाधारण समूहको ७३ हजार १०० कित्ता सेयर लिलामीमार्फत बिक्री गरेको थियो ।उक्त समयमा बिक्री नभएको संस्थापक समूहको बाँकी सेयर कम्पनीले फेरि लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धकको काम बीओके क्यापिटलले गरेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस