×
सुनको मूल्य स्थिर, चाँदीको भाउ तोलामा १० रुपैयाँले घट्यो



आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार महासंघले छापावाल सुन प्रतितोला ९१ हजार सात सय रुपैयाँ नै कायम गरेको थियो । आज तेजाबी सुन प्रतितोला ९१ हजार दुई सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

बिहीबार चाँदीको भाउ घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला एक हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस