×
समृद्धि फाइनान्सको पौने ८ लाख कित्ता सेयर भोलिदेखि लिलामीमा



समृद्धि फाइनान्स कम्पनी लिमिटेडले भोलि १ असार बुधबारदेखि सात लाख ७२ हजार ६६६ कित्ता शेयर सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ ।

कम्पनीले गत फागुनमा जारी गरेको हकप्रदमा बिक्री नभएको संस्थापक समूहको कुल सात लाख ७२ हजार ६६६ कित्ता सेयर लिलामीमा बेच्न लागेको हो ।

IELTS PTE copy समृद्धि फाइनान्सको पौने ८ लाख कित्ता सेयर भोलिदेखि लिलामीमा

यो लिलामी सेयरमा विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी वा अन्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन् । बोलपत्र काठमाडांैको नक्सालस्थित बीओके क्यापिटल मार्केट, समृद्धि फइनान्सको केन्द्री कार्यालय हेटौँडा, शाखा कार्यालयहरु काठमाण्डौ, नारायणगढ, पोखरा र बुटवल तथा बैंक अफ काठमाण्डौका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर र धनगढीमा पेस गर्न सकिनेछ ।

यो लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतम सेयरका लागि भने कुनै हद लाग्ने छैन ।
बोलपत्र ९ असारमा बैंकिङ समयसम्म बुझाउन सकिने धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस