×
डेढ वर्ष यताकै न्यून विन्दुमा नेप्से , २ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट।



मंगलवार नेप्से परिसूचक डेढ वर्ष यताकै न्यून विन्दुमा झरेको छ।

साताको दोस्रो कारोबार दिन मंगलवार पनि नेप्से परिसूचक ३५ दशमलव ५३ अंक घटेर २ हजार १३७ दशमलव ९२ विन्दुमा पुगेको हो । आज नेप्से १.६३ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि ७.११ अंकले घटेर ४१५.६३ विन्दुमा झरेको छ ।

AM 20220531151635 डेढ वर्ष यताकै न्यून विन्दुमा नेप्से , २ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट।

कारोबारमा आएका २२९ ओटा धितोपत्रको ३७ लाख ६९ हजार ८१२ कित्ता शेयरको २७ हजार ५१९ पटकमा रू. १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ८९ बराबरको शेयर खरीद विक्री भएको छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी काेषबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ ।

कारोबारमा आएका २२९ ओटा धितोपत्रमध्ये उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ८ दशमलव २३ प्रतिशत वृद्धि भएको छ । कम्पनीकाे सेयरमूल्य ८.२३ प्रतिशतले बढेर एक हजार ४ सय ७५ रूपैयाँ ८० पैसा पुगेकाे छ । त्यसैगरी दोस्रोमा एनएमी फिप्टीको इकाई मूल्य ४ दशमलव १० प्रतिशत वृद्धि भएर रू. १२ दशमलव ७० कायम भएको छ ।

AG 20220531151634 डेढ वर्ष यताकै न्यून विन्दुमा नेप्से , २ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट।

आज नेपाल इन्भेष्टमेण्ट बैंकको संस्थापक शेयरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । बैंककाे संस्थापक सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय ५५ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

त्यसैगरी नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९८ प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३३१ मा झरेको हो ।

AL 20220531151635 डेढ वर्ष यताकै न्यून विन्दुमा नेप्से , २ कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट।

मंगलबार काराेबार रकममा एनआईसी एशिया बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे ५ कराेड ३७ लाख ९८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७५२ दशमलव ७० कायम भएको छ । त्यसैगरी सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा नबिल बैंकको रू. ३ करोड ९८ लाख बराबरको भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस