×
करिब १०० अङ्कले बढ्यो नेप्से , १२ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट।



साताको पहिलो कारोबारको दिन नेप्सेमा हरियाली छाएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ९५.४६ अंकले अर्थात ४.११ प्रतिशतले बढेर २४२०.९१ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि १७.७४ अंकले बढेर ४६०.८८ विन्दुमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेको छ । इन्ट्राडेमा १०० अंक भन्दा बढी बढेको थियो ।

Screenshot 2022 04 24 162752 करिब १०० अङ्कले बढ्यो नेप्से , १२ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट।

आज कारोबार भएका कम्पनि मध्य १२ कम्पनीको शेयरमुल्यमा साकारात्मक सर्किट लागेको छ भने नेष्डाे समृद्ध लघुवित्तसहित जम्मा ४ कम्पनीकाे सेयरमूल्य घटेकाे छ ।  आइतवार रू. २ अर्ब ५३ करोड बराबरको शेयर खरीद विक्री भएको हो ।

नेशनल हाइड्रोपावर,वेष्ट फाइनान्स,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स,जानकी फाइनान्स,अरुण भ्याली हाइड्रोपावर,मञ्जुश्री फाइनान्स,खानीखोला हाइड्रोपावर,घलेम्दी हाइड्रो,युनिभर्सल पावर कम्पनी,हिमाल दोलखा हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आइतवार १० प्रतिशत र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९९ प्रतिशत र ग्रीन भेञ्चर्सको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

सानिमा बैंकको संस्थापक शेयरको रू. २२ करोड बराबरको शेयर खरीद विक्री भएको छ भने शिवम् सिमेण्टको रू.११ करोड ७६ लाख बराबरको शेयर खरीद विक्री भएको हो ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस