×
दोहोरो अंकले घट्यो नेप्से , राष्ट्र उत्थान र इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट



साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।

आज नेप्से परिसूचक २० दशमलव ६३ अंकले घटेको हो। सो घटाई संगै नेप्से परिसूचक २ हजार ६ सय ३० दशमलव ०६ अंकमा झरेको छ। कारोबार रकम भने जम्मा २ अर्ब ४ कारोड बारबार रहेको छ। आज दिनभरमा  २ सय २६ कम्पनीको शेयर कारोबार भएको थियो।  कारोबारमा आएका कम्पनि मध्य ४८ कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ६५ कम्पनीको शेयरमूल्य घटेको छ।  त्यस्तै १ कम्पनीको शेयर मूल्य यथावत रहेको छ।

आज कारोबारमा आएका कम्पनि मध्य २ कम्पनीको शेयरमुल्यमा सकारात्मक सर्किट लागेको छ। आज राष्ट्र उत्थान र इमर्जिङ नेपालको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको हो। राष्ट्र उत्थान लघुवित्तको अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७ सय ४५  पुगेको छ ।

त्यस्तै इमर्जिङ नेपाल लिमिटेडको अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६९१ दशलमव ६०  पुगेको छ ।

आज  बुद्धभुमि हाइड्रोपावरको शेयरमूल्य सार्बधिक ३ दशमलभ ५८ प्रतिसतले घटेको छ।  कम्पनीको शेयर मूल्य घटेर ६ सय ४६ रुपैयाँ कायम भएको छ।  त्यस्तै खानि खोला हाइड्रोपावर कम्पनि र जोशी हाइड्रोपावरको शेयरमूल्य ३ प्रतिसत भन्दा बढीले घटेको छ।

त्यस्तै अरुण भ्याली हाइड्रोपावरको सार्बधिक शेयर कारोबार भएको छ भने एआईसी एसिया बैंकको सर्बाधिक रकमको शेयर कारोबार भएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस