×
दोहोरो अंकले बढ्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा सकरात्मक सर्किट



साताको तेस्रो कारोबार दिन मंगलवार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ।

आज नेप्से परिसूचक १६ दशमलभ ०४ अंकले बढेर २ हजार ६ सय ५० दशमलभ  ७० अंकमा पुगेको छ। आज नेप्से सुन्ना दशमलभ ६१ प्रतिसतले बढेको हो।  आज दिनभरमा जम्मा २ अर्ब ५१ करोड बढीको ५३ लाख २९ हजार ९ सय ९३ कित्ता शेयर किन बेच भएको छ।

आज दिनभरमा २ सय ३५ कम्पनीको ३६ हजार ७ सय ७२ पटक शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ।  आज कारोबारमा आएका २ सय ३५ कम्पनीको शेयर मध्ये १ सय २७ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको शेयरमूल्य घटेको छ।  त्यस्तै १ ४ कम्पनीको शेयर मूल्य यथावत रहेको छ।

Screenshot 2022 03 22 150120 दोहोरो अंकले बढ्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा सकरात्मक सर्किट

आज इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । सकारात्मक सर्किट लागेर कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६२८ दशलमव ८०  पुगेको छ । त्यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य ६ दशमलभ  ०९ प्रतिसतले बढेको छ।

Screenshot 2022 03 22 150630 दोहोरो अंकले बढ्यो नेप्से , इमर्जिङको शेयरमूल्यमा सकरात्मक सर्किट

आज सानिमा ऋणपत्रको मूल्य सार्बधिक २ दशमलभ ८६ प्रतिसतले घटेको छ भने कालिका पावरको शेयर मूल्य पनि २ दशमलभ  ८१ प्रतिसत्ले घटेको छ।  त्यस्तै आज प्रभु इन्सोरेन्स कम्पनीको सस्थापक शेयरको सार्बधिक कारोबार भएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस