


समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले फागुन ८ गतेदेखि प्रतिकिक्ता रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेको हुदा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर सि रेटिङ पाएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ भने हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ ।
कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक बि.ओ.के. क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एपबाट उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले जारि गरेको सुचना :
प्रतिक्रिया
Subscribe
Login
0 Comments