×
Lagani
Lagani Shiksha gif
समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन , मेरोशेयर देखि आवेदन दिन सकिने



समृद्धि फाइनान्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले फागुन ८ गतेदेखि प्रतिकिक्ता रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो ।कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस ११ गते बुक क्लोज गरेको हुदा पुस ८ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

Lagani Shiksha gif

कम्पनीले निष्कासन गर्न लागेको हकप्रद शेयरलाई इक्रा नेपालले इक्राएनपी आइआर सि रेटिङ पाएको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख रहेको छ भने हकप्रद निष्कासनपछि कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख पुग्नेछ ।

कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक बि.ओ.के. क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले मेरो शेयर एपबाट उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारि गरेको सुचना : 

1647135707 समृद्धि फाइनान्सको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन , मेरोशेयर देखि आवेदन दिन सकिने

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस