×
Lagani
Lagani Shiksha gif
नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गर्‍यो



चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गरेको छ ।

नेपाल स्टक एक्सचेन्ज र सिडिएस एन्ड क्लियरिङले नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँग पुँजी बजार रिपोर्टिङ सम्बन्धी अन्र्तक्रिया कार्यक्रममा सडिएस एन्ड क्लियरिङले चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ संकलन गरेको बताएको हो ।

Lagani Shiksha gif
sharehubapk नेप्सेले पुँजीबजारबाट ८ अर्ब ९० करोड रुपैयाँ बराबरका राजश्व संकलन गर्‍यो

अन्तक्र्रिया कार्यक्रमा बोल्दै सीडीएस एण्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद आचार्यले पछिल्लो समय पुँजीबजारमा लगानीकर्ताको आकर्षण बढेकाले राजश्व संकलन पनि बढेको बताउनु भयो । उहाँले पछिल्लो १८ महिनामा ३४ लाखले डिम्याट खाता खोल्नेको संख्या बढेको उल्लेख गर्नु भयो ।

डिम्याट खाता खोल्नेको संख्या अहिले ५० लाख १९ हजार ८२६ पुगेको सिइओे आचार्यले जानकारी दिनु भयो । आचार्यले डिम्याट खातासँगै मेरो शेयरमा खाता खोल्नेको संख्या पनि पछिल्लो १८ महिनामा बढेर ४१ लाख ३३ हजार २४० पुगेको बताउनु भयो । उहाँले गत आर्थिक वर्षमा १४ अर्ब १४ करोड रुपैयाँ राजश्व जम्मा भएकोमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म ८ अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन भएको बताउनु भयो ।

त्यस्तै कार्यक्रमा बोल्दै नेपाल स्टक एकसचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्णबहादुर कार्कीले नेपाली पुँजीबजारको आवश्यकता अनुसार नयाँ स्टक एकचेञ्ज आउनु पर्ने बताउनु भयो । उहाँले यसअगाडि आफूले तत्काल नयाँ नयाँ स्टक एकचेञ्ज ल्याउन पहल गर्छ नभनेको स्पष्ट पार्न भयो । बजारको आवश्यकतालाई नेप्सेले पूरा गर्न सफल हुनुपर्ने तथा नेप्से त्यही अनुसार लाग्नु पर्ने लाग्नु पर्ने र त्यस्तो गर्न नसके अन्य विकल्प खोज्नु पर्ने देखिएको मात्रै भनेको बताउनु भयो ।

उहाँले सरकारले स्वीकृति दिए नेप्सेले स्वीकृति अनुसार साधरण शेयर आइपिओ जारी गर्ने उल्लेख गर्नु भयो । अहिले नेपाली पुँजीबजार सुधार गर्नको लागि भएका नीति तथा कानूनमा सुधार गर्नु पर्ने आवश्यकता भएकाले नेप्सेले त्यसैलाई प्राथमिकता दिएर काम गरिरहेको आचार्यले बताउनु भयो ।

आचार्यले नेप्सेलाई टेक्नोलोजिक हिसावले बलियो बनाएर लगानीकर्तालाई थप सहज बनाउन नेप्सेले तयारी गरिरहेको उल्लेख गर्नु भयो । न्युज एजेन्सी नेपालको सहयोगमा 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस