×
Lagani
Lagani Shiksha gif
आन्तरिक रेमिट्यान्सको सीमा घट्यो ,अब एक दिनमा बढीमा २५ हजार रुपैयाँ मात्र पठाउन पाइने !

प्रतिकात्मक तस्बिर



मुलुकको एक स्थानबाट अर्को स्थानमा बैंकिङ प्रणालीमार्फत हुने रकम स्थानान्तरण को सीमा घटेको छ ।

राष्ट्र बैंकले सुचना जारि गर्दै अब प्रत्येक व्यक्तिले प्रतिदिन बढीमा २५ हजार रुपैयाँ मात्र स्थानान्तरण गर्न पाइने बताएको छ।  बैंकले इजाजतपत्रप्राप्त विप्रेषण कम्पनी तथा उक्त कम्पनीका सब-एजेण्ट वा सब- रिप्रिजेन्टेटिभहरुले स्वदेशमा आन्तरिक विप्रेषणको कारोबार गर्दा प्रति व्यक्ति, प्रति कारोबार, प्रति दिन अधिकतम  रु पच्चीस हजार सम्म मात्र गर्न सकिने गरी संशोधन गरिएको जनाएको छ।

Lagani Shiksha gif
sharehubapk आन्तरिक रेमिट्यान्सको सीमा घट्यो ,अब एक दिनमा बढीमा २५ हजार रुपैयाँ मात्र पठाउन पाइने !

बैंकले  मिति २०७८ /११/१८ देखि लागू हुने गरी यो निएम ल्याएको हो । यसअघि यस्तो सीमा प्रतिव्यक्ति प्रतिदिन एक लाख रुपैयाँ थियो ।मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत आन्तरिक रेमिट्यान्सको सीमा घटाउने घोषणा गरेकाले अहिले उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।

तर विदेशबाट नेपालस्थित सम्बन्धित व्यक्ति वा आफन्त (वेनिफिसियरी) लाई पठाएको विप्रेषण रकम नगदमै भुक्तानी गर्न सकिने सीमा भने पूर्ववत रुपमा यथावत नै रहेको केन्द्रिय बैंकले जानेको छ।

हेर्नुहोस राष्ट्र बैंकले जारि गरेको सुचना : 

Notice 20781118 page 001 scaled e1646230845764 आन्तरिक रेमिट्यान्सको सीमा घट्यो ,अब एक दिनमा बढीमा २५ हजार रुपैयाँ मात्र पठाउन पाइने !

प्रतिक्रिया
Subscribe
Notify of
guest
2 Comments
Most Voted
Newest Oldest
jyoit kayastha
Guest
jyoit kayastha
March 3, 2022 4:47 pm

connect ips ma chai kati samma milcha



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस