साताको तेस्रो कारोबार दिन बुधवार पनि नेप्से दोहोरो अंकले घटेको छ।
आज नेप्से ६३ दशमलभ ९८ अंक आर्थत २ दशमलभ ४५ प्रतिसतले घटेर २ हजार ५ सय ४६ दशमलभ ६० अंकमा झरेको छ। त्यस्तै सेन्सेटिभ सूचक पनि २ दशमलभ ३० प्रतिसत आर्थत ११ दशमलभ ५२ अंकले घटेर ४ सय ८८ दशमलभ ६९ अंकमा झरेको छ।
आज कुन २२८ कम्पनीको ५५ हजार २ सय १२ कारोबारमा ७६ लाख ५२ हजार २ सय ४ कित्ता शेयर खरिद बिक्रि भएको छ।आज दिनभरमा ३ अर्ब ६२ करोड ११ लाख ४३ हजार ९ सय ७९ रुपिया बराबरको शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ।
आज रिलाइयन्स लाइफको सार्बधिक ४ प्रतिसतले शेयर मूल्य बढेको छ भने सिभिल बैंक र स्वाभिमान लघुवित्तको १ प्रतिसत बस्हिले बढेको छ। रिलाइयन्स लाइफको शेयर मूल्य बढेर रु ५७२ पुगेको छ भने सिभिल बैंक र स्वाभिमान लघुवित्तको क्रमस २२६.३० र १८८० पुगेको छ।

त्यस्तै आज हिमालयन जनरल इन्सोरेन्सको शेयरमूल्य सार्बधिक ८.२६ प्रतिसतले घटको छ भने युनाइटेड इदी मार्दी र ङ्ग्याडि ग्रुप पावरको ६ प्रतिसतले घटेको छ।

आज १६ करोड १८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल टेलिकम र अरुण भ्याली हाइड्रोपावर परेका छन् । त्यस्तै कारोबार संख्यामा निफ्रा अग्रस्थानमा रहेको छ ।


















