×
रुस-युक्रेन वार्तामा के भयो ?

युक्रेनी सेवा सदस्यहरूले युक्रेनी राजधानी कीभमा रूसी आक्रमणकारी समूहसँगको झगडा पछि विस्फोट नभएका गोलाहरू सङ्कलन गर्दै ।



युक्रेन संकटलाई लिएर युक्रेन र रुसी अधिकारीहरुबीच सम्पन्न पहिलो चरणको वार्ता सकिएको छ ।

युक्रेन र बेलारुसको सीमामा भएको सो वार्ताले खासै नतिजा नल्याएको प्राप्त विवरणहरुमा जनाइएको छ । थप परामर्श गरेर फेरि दोस्रो चरणको वार्ता गर्ने सहमति भएको थियो । वार्तामा युक्रेनले युद्धविरामको प्रस्ताव गरेको र रुसले त्यसलाई ठाडै अस्वीकार गरेको बताइएको छ ।

दोस्रो चरणको वार्ता अघि दुबै देशका अधिकाहरुी थप छलफलका लागि सम्बन्धित देशको राजधानी फर्किएको युक्रेनी राष्ट्रपतिका सल्लाहकारले जनाएका छन् ।  तत्काल युद्धविराम गर्न र रुसी फौजलाई फिर्ता गर्ने विषयमा छलफल गर्ने उदेश्यसहित दुई पक्षबीच वार्ता भएको थियो ।

फेरि किभलाई निशाना बनाउँदै रुसी सेना :युक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्विरहरुले देखाएका छन् । यसअघि दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हमलामा दजर्नौ सर्वसाधारण मारिएका विवरणहरु सार्वजनिक भएका थिए ।

राजधानीमा खतराको जनाउ दिने साइरन बजेका छन् भने सवसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ । अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले सम्भावित युद्ध अपराधबारे रुसमाथि आफूले छानविन गर्न चाहेको बताएका छन् ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर
2 3

ताजा समाचार

लोकप्रिय
सिफारिस