आज सेयर कारोबार मापक नेप्से परिसूचक ४३.१० अंकले घटेर २६१०.६० विन्दुमा झरेकाे छ ।
यस दिन कारोबारमा आएका १९८ स्टकको मूल्य ओरालो लागेसँगै नेप्सेले सो बराबरको अंकले घटेको हो । नेप्से घटे पनि कारोबार रकम भने औसत नै रहेको छ । आज दिनभरमा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । खरिदबिक्री रकम भने अघिल्लो दिनको तुलनामा वृद्धि भएको छ ।
आज २२७ कम्पनीको ५४ हजार १२१ पटकको कारोबारमा ३ अर्ब ६६ करोड १ लाख ८९ हजार रुपैयाँ बराबरको ७८ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सूचीकृत सबै समूह घटेका छन् । कारोबार रकममा १६ करोड रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रहेको छ भने दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र हिमालयन डिष्टिलरी परेका छन् । 
अपि पावरको रू. १६ करोड ९ लाख बराबरको शेयर खरीदविक्री भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४९८ दशमलव ९० कायम भएको छ । यस दिन कम्पनीको ३ लाख १८ हजार २८३ कित्ता शेयर खरीदविक्री भएको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेकाले पनि सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

आज तेह्रथुम पावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। तेह्रथुम पावरको शेयरमूल्य यस दिन ७८ रुपैयाँ ८० पैसा घटेर ७०९ रुपैयाँ २० पैसापुगेको छ भने सामलिङ पावरको ७९ रुपैयाँ घटेर ७११ रुपैयाँ काएम भएको छ। यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ।
सबैभन्दा बढी जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.०९ प्रतिशत घटेको छ भने वित्त, लगानी, उत्पादन तथा प्रशोधन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।
















