×
Lagani
Lagani Shiksha gif
६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्दै आइएमई लाइफ इन्स्योरेन्स



शेयर बजार बारे सिक्न , नेप्से बजार सँग जोइन हुन यहाँ क्लिक गर्नुहोस।  

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई  प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणको लागि ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न माग गर्दै बोर्डमा आवेदन दिएको हो ।कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी केयर नेपालले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्रदान गरेको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

Lagani Shiksha gif

वि.सं. २०६५ आश्विन १५ गते दर्ता भइ २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा ल्याएको आइएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकवर्गका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको छ । आइएमई लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी १.४ अर्ब रहेको छ भने आइपिओमा गएपछि सो पूँजी २ अर्ब पुर्याइने लक्ष्य रहेको छ । कम्पनीको पुनर्बीमा साझेदारमा नेपाल पुनर्बीमा कम्पनी लिमिटेड रहेको छ ।

कम्पनीले १२० वटा शाखा कार्यलयबाट बिमितहरुलाई सेवा प्रदान गर्दै आइरहेकोे छ । साथै कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ताहरु आबद्घ रहेका छन् । कम्पनीमा ग्लोबल आइएमइ बैंक, आईएमई ग्रुप लगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहको लगानी रहेको छ ।

आइएमई ग्रुपद्वारा प्रवद्र्धन गरिएको यस कम्पनीको प्रभावक्षेत्र अद्धितीय रहेको छ  जसमा नेपालभरी रहेका आइएमई ग्रुपका कार्यालयहरुका साथै ६००० भन्दा बढी संख्यामा रहेका आइएमई सेन्टरहरु लगायत स्थानीय रेमिटेन्स एजेन्टहरुसँग भएको व्यापक पहुँच समेत पर्दछ । आइएमई लाइफ इन्स्योरेन्सले आफ्ना रणनीति साझेदारका रुपमा रहेका एजेन्सीहरु, कर्पोरेट एजेन्सी, बैंकअस्योरेन्स तथा आफ्ना प्रत्यक्ष माध्यमहरु मार्फत् ग्राहकहरुको मन जिती एउटा मजबुत ग्राहक आधार स्थापना गर्न प्रयासरत छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस