शेयर बजार बारे सिक्न , नेप्से बजारको आधिकारिक ग्रुपमा जोइन हुन यहाँ क्लिक गर्नुहोस।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमवार सानिमा माई हाइड्रोपावरको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४०६ दशमलव ३६ तोकेको हो । कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । सो अनुसार नेप्सेले कम्पनीको अघिल्लो कारोबारको दिनको शेयरमूल्य रू. ४४७ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
उक्त लाभांश पारितका लागि कम्पनीले कात्तिक ११ गते साधारण सभा आयोजना गरेको छ ।
नेप्सेले लेखेको छ
Price Adjusted of Sanima Mai Hydropower Limited (SHPC) is Rs 406.36 for 10% Bonus Shares on previous closing price of Rs.447.
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted








