×
Lagani
Lagani Shiksha gif
आज पनि बढ्यो सिंगटी शेयर मूल्य , देखियो अब घट्ने संकेत।



सिंगटी हाइड्रोपावरको शेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ।

आज कम्पनीको शेयर ४३८ मा कारोबार भइरहेको छ।  आज  कम्पनीको शेयरमा अधिकतम  ९.९७ प्रतिसत आर्थत ३९  अंकको बृधि भएको हो।   हिज  ३९९  मा कारोबार बन्द भएको कम्पनीको आज ३१८मा कारोबार खुलेको थियो भने हालसम्म अधिकतम वढेर ४३८  पुगेको छ।

Lagani Shiksha gif
sharehubapk आज पनि बढ्यो सिंगटी शेयर मूल्य , देखियो अब घट्ने संकेत।

आज कम्पनीको शेयरमा बिक्रि चाप बढी देखिएको हुनाले आज कम्पनीको शेयर कम्तिमा ३९० पुगेको थियो।  हाल सम्ममा कम्पनीको १ लाख २१ हजार २ सय ४६  कित्ताको शेयर कारोबार भएको छ भने खरिद  गर्नको लागि माग बढिरहेको छ। नेप्सेमा सुचिकृत भएर कारोबार सुरु गरे लगतै यो कम्पनीको शेयर मूल्य लगातार सकारात्मक लेभलमा सर्किट हानिरहेको छ।

हालको तथ्यांकलाइ हेर्दा रु १००० लगानी गर्ने लगानीकर्ताले करिब रु ३३८० नाफा कमाइसकेका छ। आजको जस्तो बिक्रि चाप बढ्यो भने कम्पनीको शेयर घट्न सक्ने अनुमान गर्न सकिन्छ।

Screenshot 2021 05 03 120305 आज पनि बढ्यो सिंगटी शेयर मूल्य , देखियो अब घट्ने संकेत।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको थियो । जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो।

त्यसमध्ये १५ लाख ५९ हजार ८०२ वटा योग्य आवेदन परेको छ भने ५ हजार ७ सय २८ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण गरिएको छ सो अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् ।बाँकि योग्य आवेदकमध्ये १२ लाख ९० हजार १०२ जनाको हाल खाली भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस