×
रुरुको शेयर नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?



रुरु जलविद्युत परियोजना लिमिटेडले सर्बसाधारणलाइ निस्कासन तथा बिक्रि गरेको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको छ ।

नेप्सेमा आजवैशाख १९ गते, आइतबार रु रु जलविद्युत परियोजना लिमिटेडकाे साधारण सेयर (आईपीओ) नेप्सेमा आजवैशाख १९ गते, आइतबार सूचिकृत भएको हो ।

नेप्सेको अनुसार कम्पनीकाे ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर सूचिकृत भएको हो । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि RURU सिम्बाेल पाएकाे छ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
रु रु जलुविद्युत परियोजनाले चैत २० गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गरेको हो । यसले १०० रुपैयाँ अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थप गरेर आइपीओ निष्कासन गरेको थियो ।

कम्पनीले १२० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७०६ कित्ता आइपीओ निष्कासन गरेको हो । यसमध्ये ८ हजार १५४ कित्ता कर्मचारी र २० हजार ३८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएर बाँकी ३ लाख ७९ हजार १६७ कित्ता लागि सर्वसाधारणलाई छुट्टाइएको थियो।

नेप्सेले प्रकासन गरेको सुचना यस प्रकार  छ : 

13517c5917cb1a80a04fa6f62d0fe1d4 page 001 scaled e1619951696834 रुरुको शेयर नेप्सेमा सुचिकृत , ओपनिङ्ग रेञ्ज कति ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस