×
Lagani
Lagani Shiksha gif
निस्कासन भयो सीइडीबीको आइपियो , कति दिने आवेदन ?



सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज देखि आइपीओ निष्कासन भएको छ।

हाइड्रोपावर कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गरेको हो   । सीइडीबीको आइपीओमा छिटोमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा वैशाख ३१ गतेसम्म खुला रहनेछ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

Lagani Shiksha gif

कम्पनीले ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्याएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।लगानीकर्ताको संख्या धेरै भनेको कारण गोलाप्रथाद्वरा बाडफाड हुने भएकाले १० कित्ता आवेदन दिदा ठिक हुने छ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले आइपीओलाई औ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे थियो ।

कम्पनीले कूल २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर बिक्री गर्नेछ। प्रतिकित्ता रु १०० बराबरको रु २५ करोड १८ लाख २३ हजार बराबरको साधारण सेयर बिक्री गर्ने गरी बोर्डले अनुमति दिएको हो।

कम्पनीको साधारण सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ। कम्पनीले ११ मेगावाट क्षमताको तल्लो खारे खोला, १२ मेगावाटको दोर्दी एक, पाँच मेगावाटको रुकुम गाड र ४५ मेगावाटको कसुवा खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।Screenshot 2021 04 30 095825 निस्कासन भयो सीइडीबीको आइपियो , कति दिने आवेदन ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस