×
Lagani
Lagani Shiksha gif
स्वास्थ्य मन्त्रालयको निर्णय नमान्दा एकै विद्यालयका ३९ जनामा कोरोना संक्रमण



बागलुङ/ बलेवाको जनताधन माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी र शिक्षक गरी ३९ जनामा मंगलबार मात्रै कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार र सोमबार नियमित कक्षा चलाएको उक्त विद्यालयका ३९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानिय त्रसित भएको संचार माध्यमले लेखेका छन्।  यो संख्या भन्दा धेरै विद्यार्थीलाइ संक्रमण हुन सक्ने देखिएको छ।

Lagani Shiksha gif
sharehubapk स्वास्थ्य मन्त्रालयको निर्णय नमान्दा एकै विद्यालयका ३९ जनामा कोरोना संक्रमण

स्वास्थ्य कार्यालय बागलुङले उक्त विद्यालयका ९८ जनाको स्वाब परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुसँगै पढेका अन्य विद्यार्थी बिदा मनाउन कता पुगेका छन् भन्ने विद्यालयमा जानकारी छैन ।

संक्रमणको जोखिम उच्च छ भनेर स्वास्थ्य मन्त्रालयले भनेपनि विद्यालय बन्द गर्ने नगरपालिकाले निर्णय नगरेपछि कोरोना अझै बढेर जाने अनुमान गरिएको छ ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस