सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ।
हाइड्रोपावर कम्पनीले कुल २५ लाख १८ हजार २३० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो । सीइडीबीको आइपीओमा छिटोमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा वैशाख ३१ गतेसम्म खुला रहनेछ । यस आइपीओको बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।
कम्पनीले य ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र १ लाख २५ हजार ९११ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ भने बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयरमा सर्वसाधारणको लागि छुट्याएको छ । प्रतिकित्ता १०० रुपैयाँमा आवेदन दिन सकिनेछ ।
रेटिङ एजेन्सी केयर रेटिङ नेपालले आइपीओलाई औ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । लगानीकर्ताले आश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मरोसेयरमार्फत अनलाइनबाट आवेदन दिन सक्नेछन् ।
सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ लाख १८ हजार २ सय ३० कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका लागि २०७४ साल असार २७ गते सेबाेनमा निवेदन पेश गरेकाे थियो ।













