×
आजदेखि ग्लोबल आइएमई बैंककाे ऋणपत्रमा आवेदन दिन सकिने



ग्लोबल आइएमई बैंक लिमिटेडले आज  देखि ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

दश वर्ष अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्व बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व २० करोड ऋण पूँजी रकम (सो मध्ये ५५ अर्थात ६०,००० कित्ता डिवेन्चर सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि तथा १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ८० करोड ऋण पूँजी व्यक्तिगत तवर बाट सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

बार्षिक ८.५० प्रतिशत ब्याजदर  भएको हुनाले उक्त शेयरमा लगानी गर्नु राम्रो नै हुन् छ।  बैंकमा जम्मा गर्ने पैसा याया लगानी गरे बार्षिक ८.५० प्रतिशत ब्याजदर मिल्ने छ जवकी बैनामा राख्दा ३-४ प्रतिसत मात्र मिल्छ।  लगानीकर्ताले न्यूनतम २५ कित्ता सम्म आवेदन दिनु पर्ने छ भने प्रतिकित्ता १००० को दरमा आवेदन दिनु पर्ने छ।

यस बैंकको अधिकृत पूँजी रु २५,००,००,००,०००.(अक्षरुपी पच्चिस अर्व रुपैया) रहेको छ । जसलाई प्रति शेयर रु.१०० दरले २५,००,००,००० (पच्चिस करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।यस बैंकको जारी पूँजी रु एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेकोछ । यस बैंकको चुक्ता पूँजी रु. एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेको छ ।

निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स म्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ ।यस ऋणपत्रको बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।775708fed3ee42247d88a2400cc1fcdb37d22eec page 001 scaled आजदेखि ग्लोबल आइएमई बैंककाे ऋणपत्रमा आवेदन दिन सकिने

यो पनि पढ्नुहोस :

जदेखि सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्डको बन्दमुखी योजना अन्तर्गत सनराइज ब्लूचिप फण्डको सार्बजनिक निष्काशन तथा बिक्री खुला गरेको छ।

क्यापिटलले सनराइज ब्लूचिप फण्डको प्रति इकाई मूल्य रु. १०/- दरको १०,००,००,००० (दश करोड) इकाई मध्ये न्यूनत्तम १,५०,००,००० (एक करोड पचास लाख) वा कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबर्द्धक श्री सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई आज मिति २०७७ चैत्र १ गते आइतबारदेखि सर्वसाधारणहरुम निष्काशन तथा बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले यस इकाई निष्काशन प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु साथै मेरो शेयर खाता मार्फत आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले उक्त निस्कासनमा न्यूनतम इकाई सङ्ख्या एक सय र अधिकतम इकाई सङ्ख्या एक करोड कित्ता आवेदन दिन सक्ने छन्। लगानीकर्ताले उक्त आवेदनसाथ रु. १० /- प्रति इकाईका दरले भूत्तानी गर्नुपर्ने छ। उक्त इकाई बिक्री छिटोमा २०७७/१२/०४ बैकिङ्ग समव पश्चात्‌ र ढिलोमा २०७७/१२/१६ दैकिङ्ग समय पश्चात् बन्द हुने छ।

लगानीकर्ताले धितोपत्र सार्वजनिक निष्काशनमा लिखित वा विद्युतिय माध्यमबाट आवेदन दिँदा लगानीमा जोखिम हुन सक्ने भएकोले अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरण पत्र पढी आफनो स्वः विवेकले दरखास्त दिनको लागि क्यापितालले जनाएको छ । यस निष्काशन सम्बन्धी विस्तृत जानकारीको लागि मिति २0७६ फाल्गुन १४ गतेको “नयाँपत्रिका दैनिकमा प्रकाशित आव्हान पत्र वा सन्राइज क्यापिटल लिमिटेडको वेवसाइटमा हेर्न सकिने छ ।

 

सम्बन्धित : 

अब आइपियोमा आवेदन दिन सजिलो हुने ।आवेदन दिन मेरो शेयरले नया वेव बनाउदै ।

आज निस्कासन भएको १ अर्व ४० करोडको ऋणपत्रको आइपियो मा कति दिने आवेदन ?

खुशीको खबर : जीवन विकास लघुवित्तले निस्कासन गर्दै आइपियो , कति पायो रेटिङ ?

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस