×
अब आइपियोमा आवेदन दिन सजिलो हुने ।आवेदन दिन  मेरो शेयरले नया वेव बनाउदै ।



आइपियो भर्न समस्या भएको लगानिकर्ताको गुनासोको सम्बोधन गर्दै अब सीडीएससीको छुट्टै वेबसाइट मार्फत सहज ढंगले बिना झञ्झट आइपीओ आवेदन दिन मिल्ने भएको छ। मेरो शेयरमा धेरै भार परेको कारण सर्भरमा समस्या भएर लगानीकर्ताहरुले सास्ती खेप्नु परेको थियो।

यसघि आइपियोको नतिजा सार्बजनिक गर्नको लागि सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सब डोमेन संचालनमा ल्याएको थियो। शेयर बजारमा धेरैको आकर्षण बढ्न थालेपछि मेरो शेयरमा समस्या हुन लागेर दोस्रो बजारमा कारोबार गर्ने हरु क्लोजआउटमा परेर चर्को फाइन तिर्न परेको गुनासो बारम्बार आहिरहेको थियो।अब कुनै पनि  कम्पनीको प्राथमिक सेयर निष्कासन (आइपीओ) मा आवेदन सहज ढंगले दिन मिल्ने गरीसीडीएस एन्ड क्लियरिङ लिमिटेड(सीडीएससी)ले नया वेबसाइट बनाउने भएको हो ।

आजभोली बजारमा धेरै नयाँ कम्पनीका आइपीओ निष्कासन हुने अवधिमा सीडीएससीको वेबसाइटमा अत्यधिक भार पर्न थालेपछि अब छुट्टै वेबसाइट बनाउन सिस्टम भेन्डर कम्पनी एफवान सफ्टसँग छलफल भइरहेको पूर्णप्रसाद आचार्यले जानकारी दिएका हुन् । सीडीएससीका अनुसार आज शुक्रबारसम्म ३१ लाख ५८ हजार ७९६ जनाले डिम्याट खाता खोलिसकेका छन् भने नयाँ कम्पनीका आइपीओ आवेदनमा करिब १९ लाखको आवेदन पर्न थालिसकेको छ।

सम्बन्धित :

लगानीको अवसर : आइतबार निस्कासन हुने शेयरमा कति कित्ता दिने आवेदन ?

खुशीको खबर : जीवन विकास लघुवित्तले निस्कासन गर्दै आइपियो , कति पायो रेटिङ ?

FPO निस्कासन र बोनस पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ,

 

  यो पनि पढ्नुहोस :

किसान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब १३ लाख कित्ता एफपीओ बिक्री गर्ने तयारि गरिरहेको छ । यस अघि सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये बाँकी रहेको १२ लाख ९८ हजार २५९ कित्ता सेयर एफपीओ जारी गरेर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।

कम्पनीको सेयर दोस्रो बजारमा प्रति कित्ता १५०० रुपैयाँ किनबेच भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ६६९ रुपैयाँदेखि १८९५ रुपैयाँसम्म पुगेको थियो। १० करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्तको नेप्सेमा ३९ लाख २८ हजार कित्ता सेयर मात्रै सूचीकृत छ ।

यस अघि एफपीओ जारी गरेका केही लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँमै पनि सेयर बिक्री गरेका थिए। एफपीओ जारी गर्दा प्रिमियमसहित जारी गर्न पाउने भए पनि कम्पनीले कति रुपैयाँमा सेयर बिक्री गर्ने भन्ने कुरा खुलाइसकेको छैन।संस्थापकतर्फ २३ लाख ५६ हजार कित्ता शेयर रहेको छ ।कम्पनीको सेयर दोस्रो बजारमा प्रति कित्ता १५०० रुपैयाँ किनबेच भइरहेको छ ।

यस अघि कम्पनीले सर्वसाधारणतर्फ १५ लाख ७१ हजार कित्ता सेयर जारी गरेकोमा थप करिब १३ लाख कित्ता सेयर एफपीओमार्फत बिक्री गर्न लागेको हो । कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ६६९ रुपैयाँदेखि १८९५ रुपैयाँसम्म पुगेको थियो ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस