×
FPO निस्कासन र बोनस पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ,



मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेले दशौं वार्षिक साधारण सभा बोलाएको छ। लघुवित्तले २०७७ चैत्र १८ गते बुधबार (तदनुसार ३१ मार्च, २०२१) बिहान ११:०० बजे पञ्चकन्या वैन्क्बेट प्रालि., वनेपा-5, वनेपावजार, काभ्रेपलान्चोक मा दशौं वार्षिक साधारण सभा बोलाएको हो।

उक्त साधारण सभामा लघुवित्तले आ.व. २०७६ ०७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ। लेखापरीक्षकको आ.व २०७६ ०७४ को लेखापरीक्षण प्रतिवेदन सहित २०७७ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त भएको आथिक वर्ष २०७६ ०७७ को नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण लगायत लेखा सम्बन्धि नीतिहरु सहित सम्बन्धित अनुसूचीहरु माथी छलफल गरी पारित गर्ने जनाएको छ ।

दशौं बार्षिक साधारण सभा बोनश शेयर प्रयोजनका लागि मिति २०७७/१२ /०८ गतेदेखि २०७७/१२/१८ गतेसम्म शेयरधनी दर्ता किताव बन्द रहने कम्पनीले बताएको छ। शेयर धनीले साधारण सभामा भाग लिन आउँदा आफनो परिचय खुल्ने कुनै परिचय-पत्र अनिवार्य रुपमा लिई आउनु पर्नेछ ।

साधारण सभामा सञ्चालक समितिले प्रस्ताव गरे वमोजिम आ.व. २०७६ ०७७ का मुनाफावाट चुक्ता पुँजी रु. ३९,३६१, ४४,१४१.५० को आधारमा 9.४८ २९ ४३६३७ प्रतिशतले हुने नगद लाभांस रु. १९,१३,१६५ – ( वोनस शेयरको कर प्रयोजनका लागि प्रदान गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै लघुवित्तले आथिंक वर्ष २०७७ ०७८ को
लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्वमिक निर्धारण गर्ने भएको छ ।
सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक बर्ष २०७६.०७७ को मुनाफाबाट चुक्ता पूँजी रु.३९,६१,४६,६४१.५० ( उनान्चालिस करोड एकसद्ठी लाख छ्यालिस हजार छ सय एकचालिस पैसा पचास मात्र ) को ९.१९९८३४४००२११६२ % ले बोनस शेयर रु. ३,६४,४४,५३५ ( तिन करोड चौसट्टी लाख चबालिस हजार आठ सय पैतिस मात्र) वितरण गर्न स्वीकृत प्रदान गर्ने तथा यसरी प्रदान गरिने वोनस शेयर भिन्न अंकमा आएमा भिन्न अंकलाई विगतको भिन्न अंकमा जोडी पूर्ण अंकमा बोनस शेयर जारी गर्ने तथा बाँकी रहेको भिन्न अंकलाई पछि पूर्ण अंक पुगेपछि दिनेगरी छुट्टै राख्ने वा नियमानुसार अन्य उपयुक्त व्यवस्था हुने गरी पारित गर्ने भएको छ ।

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गर्ने क्रममा स्वेडा लघुवित्त वित्तीय संस्था लि. का तत्कालीन संस्थापक शेयरधनीहरुले राखेको कल्स इन एडभान्स रकमलाई संस्थापक शेयरधनीको चुक्ता पूँजीमा समायोजन गर्न र स्वेडा लघुवित्तलाई प्राप्ती पश्चात संस्थापक शेयर र सर्वसाधारण शेयरपूजीको अनुपात मिलान गर्ने क्रममा फरक परेको रकमलाई प्रिमियममा एफ.पि.ओ शेयर निष्काशन गर्ने सम्बन्धमा छलफल गर्ने जनाएको छ ।

लघुवित्तले आर्थिक अभियानमा प्रकासन गरेको सुचना यस प्रकार छ।

1615158016 2 FPO निस्कासन र बोनस पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ,

यो पनि पढ्नुहोस

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) यसै साता भित्रमा नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत हुने भएकाे छ ।लघुवित्तले शेयर रजिष्टारको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाइ नियुक्त गरेको छ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर दाखिल खारेज, नामसारी लगायत शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरू गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई शेयर रजिष्ट्रारको रूपमा नियुक्त गरिएको हो।

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले केही समयअघि मात्र सर्बसाधारणको लागि धितोपत्र निस्कासन तथा बिक्रि गरेको थियो।लघुवित्तको सेयर नेप्सेमा सूचीकृत हुनभने अझै बाँकी छ । नेप्सेमा सुचिकृत भएपछी दोस्रो बजारमा कारोबार हुने छ।नेप्सेले कुनै पनि कम्पनीको ओपनिङ्ग रेञ्ज नेटवर्थको तीन गुणासम्म ताेक्ने भएकाले लघुवित्तको ओपनिङ्ग रेञ्जन्युनतम ३१३ रूपैयाँ देखि अधिकतम ९३९ रुपैयाँ हुने सम्भावना रहेको छ।

Screenshot 2021 03 07 141854 FPO निस्कासन र बोनस पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ,

आज अथवा भाेलि भित्रमा उक्त आईपीओ लगानीकर्ताकाे खातामा जम्मा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । कम्पनीले माघ ३० गते, शुक्रबारबाट फागुन ५ गते, बुधबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे कम्पनीको उक्त शेयरमा १५ लाख ४० हजार ४८ जना आवेदकले २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रूपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताको लागि आवेदन परेको थियो ।

माग भन्दा धेरै आवेदन परेकाे हुनाले ३ लाख ७५ हजार कित्ता साधारण शेयर सर्वसाधारणमा १० कित्ताको दरले बाडफाड गरेको थियो भने बाँकी १५ लाख २ हजार ५ सय ४८ जनालाइ निरास बनाएको थियो।महिला लघुवित्तले आइपिओ निष्काशन तथा बिक्री गर्नका लागि मंसिर ३ गते, सेबोनमा निवेदन पेश गरेकोमा नेपाल धितोपत्र बोर्डले माघ १० गते संस्थालाई अंकित मूल्य १०० को ४ लाख कित्ता आइपीओ निष्काशन गर्न स्वीकृति दिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस