×
आज निस्कासन भएको १ अर्व ४० करोडको ऋणपत्रको आइपियो मा कति दिने आवेदन ?



प्राइम कमर्सियल बैंक लिमिटेडले ८ वर्ष अवधिको “८.७५ % प्राइम डिबेन्चर २०८४ ”को निष्काशन तथा बिक्री खुल्ला गरेको छ। आज देखि रु. १ अर्व ४० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले २०७७/११/१९ गते बुधबार देखि निष्काशन तथा बिक्री खुल्ला गरिने भनिएकोमा प्राविधिक कारणवस आज देखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

प्राइम कमर्सियल बैंक लिमिटेडको ८ बर्ष अवधि तथा बार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु.१,०००/- अंकित मूल्यका ३५,००,००० लाख कित्ता मध्ये २१ लाख कित्ता डिवेन्चरले हुन आउने रु.२ अर्ब १० करोड ऋणपूँजी रकम व्यक्तिगत तबर (Private Placement) बाट बिक्री गरिने तथा १४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ४० करोड ऋणपूँजी रकम (सो मध्ये ५% अर्थात ७०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारणको लागि छुट्याइएकाे छ।

Screenshot 2021 03 12 100145 आज निस्कासन भएको १ अर्व ४० करोडको ऋणपत्रको आइपियो मा कति दिने आवेदन ?

बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।बार्षिक८.७५ प्रतिशत ब्याजदर  भएको हुनाले उक्त शेयरमा लगानी गर्नु राम्रो नै हुन् छ।  बैंकमा जम्मा गर्ने पैसा याया लगानी गरे बार्षिक ८.७५ प्रतिशत ब्याजदर मिल्ने छ जवकी बैनामा राख्दा ३-४ प्रतिसत मात्र मिल्छ।  लगानीकर्ताले न्यूनतम २५ कित्ता सम्म आवेदन दिनु पर्ने छ भने प्रतिकित्ता १००० को दरमा आवेदन दिनु पर्ने छ।

यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।उक्त शेयरमा आवेद्दन दिन आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सकिने छ ।

Screenshot 2021 03 12 100121 आज निस्कासन भएको १ अर्व ४० करोडको ऋणपत्रको आइपियो मा कति दिने आवेदन ?

आज बाट निष्कासन गरिएकाे उक्त ऋणपत्रमा छिटोमा चैत्र ३ गतेसम्म र ढिलोमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिनेछ । निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स सम्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

08 zoom 2 आज निस्कासन भएको १ अर्व ४० करोडको ऋणपत्रको आइपियो मा कति दिने आवेदन ?

सम्बन्धित 

लगानीको अवसर : आइतबार निस्कासन हुने शेयरमा कति कित्ता दिने आवेदन ?

खुशीको खबर : जीवन विकास लघुवित्तले निस्कासन गर्दै आइपियो , कति पायो रेटिङ ?

ज्योति लाइफको आइपिओमा रेकर्ड ब्रेक , तपाईलाई पर्ने सम्भावना कति ?

यो पनि पढ्नुहोस 

शेयर बजारमा धेरै नयाँ लगानीकर्ता आबद्ध हुन लागेपछि बजारले उचाई चुम्ने धेरैको प्रक्षेपण थियो। करिब ३० लाख डिम्यात खाता खोलि सक्दा बजार उकालो लाग्नुको साटो ओरालो लाग्दै आइ रहेको छ। धेरै नयाँ लगानीकर्ताको प्रवेश संगै उकालो लागिको बजार अहिले उल्टो दिसामा रहेको छ।

हालको बजारको अवस्था

बजारमा अनुभाव र जान्ने भन्दा हल्लाको भरमा शेयर बजार छिरेका लगानीकर्ता धेरै रहेका छन्। शेयर बजारबाट फाइदा हुन्छ भनेर डिम्यात खोल्नेहरुको लहरै लागिरहेको छ। धेरै ज्ञान नभएका लगानीकर्ताहरु हलाको भरमा शेयर खरिद बिक्रि गर्दै आहिरहेका छन्। यहि मौकाको फाइदा उठाउदै केहि व्यक्तिले सोझा लगानीकर्तालाई फसाउदै आएका छन्। आफुले किनेको शेयर राम्रो भन्दै सोझा लगानीकर्तालाई महंगोमा बेच्ने र बेचेपछि फलानो कम्पनि खत्तम छ भन्दै मूल्य घटाएर फेरी आफैले किन्ने गरिरहेका छन्।

चलखेलको सिकार कसरि बन्छन नयाँ लगानीकर्ता ?

नया लगानीकर्ताहरु दोस्रो बजार भन्दा आइपियोमा बढी चासो दिदै आहिरहेका छन्। केहि फाइदा हुन्छ भनेर आएका लगानीकर्ताहरुमा बजार बारे केहि पनि ज्ञान नभएको हुदा चलखेल गर्ने व्यक्तिहरुले सिकार बनाउदै आहि रहेका छन्। परेको आइपियो सस्तो मुल्यमा बेच्न लगाउने अनि आफुले त्यो किनेर पछी बढीमा बेच्ने गरेको पहिएको छ। नया लगानीकर्तालाई गलत ज्ञान र शुझाब दिदै आफ्नो कोल्टो भर्ने गर्दछन।

शेयर मूल्य घट्नु र बढ्नुको मुख्य कारण के हो ?

पहिलाको बजारमा शेयरको मूल्य बढ्नुमा मुख्य भूमिका कम्पनीको अवस्था , लाभांश , बोनस , राजनीतिको हुने गर्दथ्यो। हाल भने त्यसले कमै भूमिका खेल्ने गर्द छ। मूल्य घट्नु र बढ्नुमा बिक्रि चाप र खरिद चापले मुख्य भूमिका खेल्ने गर्दछ।यदि कुनै कम्पनीको शेयर बिक्रि गर्ने भन्दा खरिद गर्ने को माग धेरै भयो भने उक्त कम्पनीको शेयर मूल्य बढ्ने गर्दछ। यदि खरिद गर्ने भन्दा बिक्रि गर्ने धेरै भए कम्पनीको शेयर मूल्य घट्दछ ।

तपाइको शेयरको मूल्य घट्नुमा तपाइको ठुलो गल्ति।

तपाइहरुले शेयरको मूल्य घट्न लाग्यो भनेर आफु संग भएको शेयर बेचेको केहि दिन देखि नै शेयरको मूल्य बढ्न लागेको देखेर पछुताउ भएको होला। बिशेस गरि नया लगानीकर्ताहरुमा ज्ञान नभएर शेयरको मूल्य घट्न लागेपछि आत्तिएर बेची हाल्ने बानि हुन्छ। त्यो भनेको सबै भन्दा ठुलो गल्ति हो। शेयर घट्नु भनेको सेल अर्डर बढी हुनु हो। सबै जाना आत्तिएर शेयर बेच्न थालेपछि झन् सेल अर्डर बढी हुन्छ अनि झन् बढी मूल्य घट्दै गर्छ। बरु मूल्य घट्न लाग्दा सबैले होल्ड गरेमा मूल्य बढ्ने सम्भाबना बढी हुन्छ । कहिलै पनि आत्तिएर शेयरको मूल्य घट्दा बेच्ने बानि छ भने टी हटाउनुहोस किनकि धैर्य गर्न  कहिले  पनि  भाहिदैन।

आफु संग भएको शेयर कुन बेला बेच्ने त् ?

तपाइ मध्ये धेरैलाई कुन बेला शेयर बेच्ने भनेर ज्ञान नहुन पनि सक्छ। धेरै जनाले मूल्य घट्न लागेपछि शेयर बेच्ने गर्छन जसलाई प्यानिक सेल पनि भनिन्छ। यस्तो अवस्था भएमा शेयरको मूल्य झन् घट्छ। शेयर बेच्ने उपयुक्त समय भनेको शेयरको मूल्य बढेको बेला हो भने किन्ने शेयरको मूल्य घटेको बेला हो। आफुले आज शेयर बेच्छु भन्ने प्लान भए मात्र बेच्ने बानि राम्रो हो। आफुलाई खाचो पर्दा मात्र शेयर बेच्ने गर्दा धेरै राम्रो हुने गर्दछ। नयाँ लगानीकर्तामा गलत ज्ञान भएंको हुदा गलत समयमा शेयर बेचेर पछुताउनु पर्ने हुन्छ।

लगानी टिप्स : अरुको हल्लाको पछि लागेर शेयर किन्नु भयो भने पछि आफै पछुताउनु पर्छ , त्यसैले बुझेर मात्र लगानि गर्नुहोस

लगानी गर्दा के कुरामा ध्यान दिने ?

बजारमा फसाउन खोज्ने धेरै भएको हुदा साभधान रहनु होला। आज भोलि त् झनै सामाजिक संजालमा फेक आइडी बनाउदै आफुसंग भएको खाराब कम्पनीलाई राम्रो छ किन्नु , चाडैनै यति पुग्छ , आफुले बेचेको वा आफुसंग नभएको राम्रो कम्पनीलाई यस्तो कम्पनीमा लगानी नगर्नु भनेर सोझालाइ फसाउनेको कमि छैन। अरुको सामाजीक संजालमा देखेर तपाइले लगानीको निर्णय लिएमा तपाइले लिएको निर्णयले तपाइलाइ ठुलो आर्थिक नोक्सान बेहोर्न बाध्य बनाउने छ।

अहिलेको बजारअलाई हेर्दा राम्रो कम्पनीको भन्दा नराम्रो कम्पनीको मूल्य बढी रहेको छ जुन एउटा गलत उदहारण हो। अरुलाई लगानी गर फाइदा हुन्छ भनेर कसैले भन्दैन बरु राम्रो भए आफैले किन्छन , त्यस कारण फलानो राम्रो फलानो नराम्रो भन्नेको कुरा मानेर लगानी गर्नुभयो भने अवस्य नै तपाइले छिटै सम्पति गुमाउनु हुनेछ।

हामीले आफ्नो धारणा मात्र राखेआ हौ तपाइले लगानी गर्दा आफ्नै रणनीति अपनाउनु होला। धन्यबाद  

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

साताको चर्चित
ताजा समाचार

लोकप्रिय
सिफारिस