×
Lagani
Lagani Shiksha gif
लायन्सको आयोजनामा मण्डला नाच घरमा”आकाशको बाटो” नामक नाटक मन्चन ।।।



लायन्स क्लब अफ काठमाडौँ ब्लडहुड र लायन्स क्लब अफ काठमाडौं डाइमण्ड रेन्बोको संयुक्त आयोजनामा च्यारिटी सो प्रदिप कुमार चौधरीको “आकाशको बाटो ” नामक नाटक १९ औं पटक मन्चन कार्यक्रम सम्पन्न भएको छ।

काठमाण्डौं वडा नं ३२ थापागाउँ स्थित मण्डला नाटक घरमा २५ जना कलाकारले नाटक मन्चन गरेका छन् भने‌ ४४जना दर्शकहरुको सहभागी भइ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएकाे छ । सो‌ कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक ३२५ ” के” कि निर्वाचित डिस्ट्रीक गर्वनर लायन् निरा बज्राचार्य साथै बिशेष अतिथीमा लायन्स इन्टरनेशनल ३२५ “के” का मार्केटिङ कोर्डिनेटर लायन् सरिता श्रेष्ठ,अतिथिहरु लायन्स इन्टरनेशनल ३२५ के का रिजन चियरपर्सनहरु लायन् दिनेश महर्जन,लायन् ट्रिजा ढकाल, जोन चेयरपर्सन लायन् निर्मल महर्जन र लायन् श्याम् कृष्ण तिमल्सीना, लायन्स क्लब अफ काठमाडौं दीर्घजीवीका संस्थापक अध्यक्ष लायन् महेश दाहाल रहेका थिए।

Lagani Shiksha gif
sharehubapk लायन्सको आयोजनामा मण्डला नाच घरमा"आकाशको बाटो" नामक नाटक मन्चन ।।।

लायन्स क्लब अफ काठमाडौँ ब्लडहुडका अध्यक्ष लायन् राजेन्द्र महर्जन,लायन्स क्लब अफ काठमाडौँ डाइमण्ड रेन्बोका अध्यक्ष अध्यक्ष नबराज चालिसे, ब्लडहुड सचिब अमृता लामा, सदस्यहरु बिकेश श्रेष्ठ,रुकेश बाडे,रजिम शाही,बीर कृष्ण महर्जन,मनराज महर्जन साथै बिभिन्न संघ संस्थाको पदाधिकारीहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथी लायन् निरा बज्राचार्यले आफ्नो बाल्यकाल सम्झिन्दै स्कुलमा मात्र नाटक हेरेको र आज “आकाशको बाटो” नामक नाटक प्रत्यक्ष रुपमा हेर्न पाउन्दा मन हल्का महसुस गरेको बताउनु भयो। समय समयमा आखाँबाट आँसु नै आएको पनि जानकारी गराउनु भयो।” युवाहरुको समुह ब्लडहुडले यस्ता कार्यक्रमहरु गर्दै आएकोले धेरै ने खुसी रहेको भन्नु भयो।

कार्यक्रम संचालक तथा ब्लडहुडका संस्थापक अध्यक्ष राजिब श्रेष्ठका अनुसार अप्ठयारोमा परेका क्यान्सर योध्दाहरुलाई सहयोग गर्ने उद्देश्यले प्रेरणादायी नाटक ‘आकाशको बाटो’ को आयोजना लायन्स क्लब अफ काठमाण्डू ब्लडहुड र लायन्स क्लब अफ काठमाडौं डाइमण्ड रेन्बोको संयुक्त आयोजनामा मण्डला नाच घरका सबै २५ जना प्रतिभाशाली कलाकारहरूको अमूल्य योगदान मार्फत रु ४५ हजार ४४४ रुपैयाँ जम्मा गर्न सफल भएको र जुन रकम साहसी क्यान्सर योद्धा नवराज न्यौपानेलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको छ।

“लायन्स क्लब अफ काठमाडौं ब्लडहुड र डाइमण्ड रन्बोले संयुक्त रुपमा क्यान्सर पिडित ब्यक्तिलाई आर्थिक सहयोग गर्ने हेतुले सो नाटक मन्चन गरिएको हो। ” कार्यक्रम संयोजक बिजय तामाङले जानकारी गराउनु भयो। कार्यक्रम आयोजना गरि क्यान्सरको जनचेतना सम्बन्धि कार्यक्रम गर्ने गराउने उदेश्यले समाजमा नाटक मन्चन गर्नु लायन्समा एक नयाँ प्रयास र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने रिजन चियरपर्सन ट्रिजा ढकालले जानकारी दिनु भयो।

कार्यक्रममा अनुप्रस्थ फाउन्डेसनका संस्थापक निरन शाहीले कार्यक्रममा उठेको रकम क्यान्सर योद्धा नवराज न्यौपानेलाई सहयोग स्वरुप हस्तान्तरण गरिएको छ।

अन्तिममा लायन्स क्लब अफ काठमाडौं डाइमण्ड रेन्बोका अध्यक्ष लायन् नबराज चालिसेबाट सम्पुर्ण उपस्थित मनकारी सहभागी दर्शकहरु,कर्मशील तथा मेहेनती कलाकारहरु तथा बिभिन्न संघ संस्थाका पदाधिकारीहरुलाई र मण्डला नाच घर परिवारलाई बिशेष धन्यवाद ज्ञापन गर्नु भयो र आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लिएर आउने बताउनु भयो।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस