×
Lagani
Lagani Shiksha gif
डलर थप महँगियो, राष्ट्र बैंकले सार्वजनिक ग¥यो मंगलबारको नयाँ विनिमयदर



काठमाडौं, २३ असार । नेपाली बजारमा अमेरिकी डलरको विनिमयदर मंगलबार थप उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलरको खरिद मूल्य १५२ रुपैयाँ ३४ पैसा र बिक्री मूल्य १५२ रुपैयाँ ९४ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा निर्धारण गरिएको छ। बेलायती पाउण्ड स्ट्रलिङको खरिददर २०३ रुपैयाँ ११ पैसा तथा बिक्रीदर २०३ रुपैयाँ ९१ पैसा तोकिएको छ।

Lagani Shiksha gif
sharehubapk डलर थप महँगियो, राष्ट्र बैंकले सार्वजनिक ग¥यो मंगलबारको नयाँ विनिमयदर

अन्य प्रमुख मुद्रामध्ये अष्ट्रेलियन डलरको खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९८ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ०५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। सिङ्गापुर डलरको खरिददर ११७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११८ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ।

एसियाली मुद्रातर्फ जापानी येन (१० एकाइ) को खरिददर नौ रुपैयाँ ३८ पैसा र बिक्रीदर नौ रुपैयाँ ४२ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा कायम हुँदा साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ। कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९५ पैसा रहेको छ।

त्यसैगरी, युएई दिरामको खरिददर ४१ रुपैयाँ ४८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६४ पैसा तथा मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा तोकिएको छ। दक्षिण कोरियाली वन (१०० एकाइ) को खरिददर नौ रुपैयाँ ९४ पैसा र बिक्रीदर नौ रुपैयाँ ९८ पैसा कायम गरिएको छ।

भारतीय रुपैयाँ भने अघिल्लै दरमा स्थिर रहेको छ। राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम राखेको जनाएको छ।

राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर वाणिज्य बैंकहरूका लागि मार्गदर्शक दर भएको उल्लेख गर्दै वास्तविक कारोबारमा बैंकअनुसार केही अन्तर हुन सक्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस