×
Lagani
Lagani Shiksha gif
जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने उपस्थितिको सूचना



काठमाडौं, २३ असार । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई अघि बढाउँदै सम्बन्धित निकायले नेपाली कांग्रेसका पूर्वप्रधानमन्त्री तथा निवर्तमान सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जारी गरेको सूचनामा अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ तथा आवश्यक जानकारी लिनुपर्ने भएकाले सात दिनभित्र विभागमा उपस्थित हुन भनिएको उल्लेख छ।

Lagani Shiksha gif
sharehubapk जयवीर देउवालाई सम्पत्ति शुद्धीकरण विभागको सातदिने उपस्थितिको सूचना

विभागले उक्त पुर्जी बुढानिलकण्ठस्थित देउवा निवासमा टाँसेको जनाएको छ। उक्त निवास जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते आगजनीको घटनामा क्षतिग्रस्त भएको थियो। हाल क्षति पुगेको भवन भत्काउने काम भइरहेको छ।

यसअघि पनि विभागले यही प्रकरणमा जयवीर देउवाकी आमा आरजु राणाको नाममा समेत उपस्थितिको सूचना जारी गरेको थियो। अनुसन्धान प्रक्रिया जारी रहेको विभागले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस