मौद्रिक नीति सार्बजनिक भएपछि नेप्सेमा गिरावट आएको छ । आज बुधबार नेप्से ३०.०९ अंकले घटेर २६२१. ५९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३६२ कम्पनिका ८४ लाख ६३ हजार १५ कित्ता शेयर ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज, सबैभन्दा बढी एनएमबी डिभेन्चर २०८७/८८ को शेयर ५.५२ प्रतिशतले बढेको छ भने प्रभ बैंक डिभेन्चरको शेयर ४.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.४१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी केबीएल डिभेन्चर २०८९ को ६२ करोड २३ लाख बराबरको कारोबार भएको छ भने एनसीसी डिभेन्चरको ४३ करोड ६० लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted
















