×
Lagani
Lagani Shiksha gif
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन गर्न डिजिटल पोर्टल सञ्चालनमा



ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का व्यवस्थापन तथा निर्माणका क्रममा देखिएका समस्याको वास्तविक समयमै अनुगमन गर्न एकीकृत डिजिटल पोर्टल सञ्चालनमा ल्याएको छ ।

मन्त्रालयका अनुसार पहिलो चरणमा सिक्टा, रानी जमरा–कुलरिया, भेरी–बबई, सुनकोशी–मरिन, महाकाली र बबई सिँचाइ आयोजना यस प्रणालीमा समावेश गरिएका छन्। अन्य सिँचाइ आयोजनालाई पनि क्रमशः यही प्रणालीमा आबद्ध गरिने जनाइएको छ।

Lagani Shiksha gif
sharehubapk राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन गर्न डिजिटल पोर्टल सञ्चालनमा

पोर्टल सञ्चालनपछि मन्त्री, मन्त्रालयका सचिव तथा सम्बन्धित अधिकारीले आफ्नै कार्यकक्षबाट आयोजनाको भौतिक तथा वित्तीय प्रगति, बजेट खर्च, ठेक्का कार्यान्वयन, निर्माणको अवस्था र देखिएका समस्याको प्रत्यक्ष अनुगमन गर्न सक्नेछन्। यसले आयोजना व्यवस्थापनलाई थप प्रभावकारी र जवाफदेही बनाउने मन्त्रालयको विश्वास छ।

नयाँ व्यवस्थाअनुसार प्रत्येक आयोजना प्रमुखले हरेक साता निर्माण प्रगति, बजेट खर्च, ठेक्का कार्यान्वयन, निर्माणमा देखिएका अवरोध तथा समाधानका प्रयासबारे विवरण पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ। डिजिटल प्रणालीले ढिलाइ भएका काम, त्यसको कारण र जिम्मेवार निकायसमेत स्पष्ट रूपमा देखाउने सुविधा उपलब्ध गराउने मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यो पोर्टललाई भविष्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको अनुगमन प्रणालीसँग समेत जोडिनेछ। आगामी आर्थिक वर्षका बजेट प्रस्ताव पनि यही प्रणालीबाट प्राप्त तथ्यांकका आधारमा तयार गरिने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस