NMBMF 695 -10 SBLD89 1200 16.1 BPCL 449 -7 VLBS 902.5 -7.5 ULHC 390 -7.9 GRDBL 743 5 SHEL 242.9 -4.7 KBLD89 1156 1 HDL 1423.1 49.1 NICD83/84 1062 -19 MERO 760 0.5 MLBBL 1635 15 NBF3 9.04 0.17 NIBD2082 1099 0 GBIME 256.1 -4.4 SMFBS 1505.2 6.2 SFEF 9.29 0.22 HLI 472 -4 CZBIL 242 -10 NICLBSL 705.5 -7.5 ALICL 714.5 -1.2 FOWAD 1479 0 AKPL 248.5 -2.5 DORDI 429 -3.3 BEDC 470 0 PMLI 562 1 SBI 482.9 -6 GUFL 735 5 SEF 9.51 -0.24 CMF2 9.21 -0.1 BARUN 379 -6.1 SONA 473.2 -7.8 PBD88 1102.1 2.1 SIGS3 9.45 0.09 PPL 461 -2.5 BNHC 466.9 0.7 BGWT 934.9 -21.1 NLO 242.1 0 GHL 218.5 -1.1 LVF2 9 0
×
ग्लोबल आइएमई र आइएफसीबीच परामर्श सेवासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर



ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको सदस्य अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच जोखिम व्यवस्थापन तथा वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समुहविच जोखिम व्यवस्थापन, जलवायु वित्त तथा लैङ्गिक वित्त क्षेत्रमा आइएफसीले परामर्श सेवा प्रदान गर्ने गरी एक समझदारी पत्रमा हस्ताक्षर भएको हो । यस सम्झौता बमोजिम आइएफसीले ग्लोबल आइएमई बैंकको कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा सम्पति तथा दायित्व व्यवस्थापन ढाँचालाई सुदृढ पार्न परामर्श दिनेछ । यसैगरी बैंकको जोखिम व्यवस्थापन नीतिलाई अन्र्तराष्ट्रिय स्तरमा कायम जोखिम व्यवस्थापन अभ्यास अनुरुप परिमार्जन गर्ने लगायतका विषयहरुमा परामर्श पनि प्रदान गर्नेछ ।

आइएफसीले जलवायु वित्त क्षमता निर्माणको लागि आधारभूत जलवायु साक्षरता तथा लक्षित क्षमता निर्माण कार्यक्रमहरुमा दक्षता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नेछ । साथै, आइएफसीले ग्लोबल आइएमई बैंकलाई स्वच्छ यातायात, जलवायु–स्मार्ट कृषि र सौर्य परियोजनालगायत अन्य विभिन्न क्षेत्रको जलवायु वित्तमा पहुँच बढाएर नेपालमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका प्रयासमा पनि विशेष परामर्श दिनेछ । आइएफसीको यस सम्भौताअनुसारको परामर्शले नेपालमा जोखिम व्यवस्थापन, लैङ्गिक वित्त तथा जलवायु वित्त क्षेत्रमा नयाँ आयाम थपिनेमा बैंक विश्वस्त रहेको छ ।

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउईबीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार
लोकप्रिय
सिफारिस