SANIMA 326 -10.2 PSF 9.51 -0.09 LEC 276.8 -6 GBIME 256.1 -4.4 TRH 1118 -5 HDHPC 208.8 -4.1 UPPER 214.2 -1.8 SHEL 242.9 -4.7 NBF3 9.04 0.17 MERO 760 0.5 GBLBS 738 -10 RURU 740 -9.8 MEL 292 2 NBLD87 1020 -8 RLFL 625 6.9 KSBBL 448 -3 SMFBS 1505.2 6.2 SIGS3 9.45 0.09 SBLD84 1040 19.3 MND84/85 1030 2 NICA 452 -13 HEIP 381.8 20.8 NICD88 1032 -21 ANLB 4453.1 47 PROFL 655 7 NIMBPO 176.9 -1.1 KBSH 2386 -9 NIBLSTF 8.68 0 HIDCLP 183 -2 NMBD87/88 1027 -3 LVF2 9 0 NWCL 975 -13.9 BHDC 583 5.4 ACLBSL 1035 0 NMFBS 1435 1 RBCLPO 12300 88 SNLI 585.1 -0.9 CLI 634 -4.9 BBC 4255 50 NIBD84 1030 -20
×
नेसनल लघुवित्तको एजीएम आज, यस्ताे एजेण्डा



नेसनल लघुवित्तको वार्षिक साधारण सभा आज शुक्रबारबस्दैछ। सभामा १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ।

साधारण सभाले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सभामा ६ लाख ६९ हजार ९ सय कित्ता थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने प्रस्ताव पेश हुनेछ। सभाले जारी तथा चुक्ता पुँजी वृद्धि गरि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन पनि गर्नेछ।

यसैगरी, सभाले सञ्चालकहरुविच निर्वाचन गर्ने छ। संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम पनि रहेको छ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुक क्लोज गरिसकेको छ। यसअधारमा, फागुन २९ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउनेछन्। सभा, धुलिखेल लज रिसोर्ट धेलिखेल, काभ्रेपलाञ्चोकमा बिहान १०ः३० बजेदेखि सुरु हुनेछ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


ताजा समाचार

लोकप्रिय
सिफारिस