आजदेखि सनराइज क्यापिटलले सनराइज म्युचुअल फण्डको बन्दमुखी योजना अन्तर्गत सनराइज ब्लूचिप फण्डको सार्बजनिक निष्काशन तथा बिक्री खुला गरेको छ।
क्यापिटलले सनराइज ब्लूचिप फण्डको प्रति इकाई मूल्य रु. १०/- दरको १०,००,००,००० (दश करोड) इकाई मध्ये न्यूनत्तम १,५०,००,००० (एक करोड पचास लाख) वा कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबर्द्धक श्री सनराइज बैंक लिमिटेडका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८,५०,००,००० (आठ करोड पचास लाख) इकाई आज मिति २०७७ चैत्र १ गते आइतबारदेखि सर्वसाधारणहरुम निष्काशन तथा बिक्री खुल्ला गरेको हो । लगानीकर्ताले यस इकाई निष्काशन प्रयोजनका लागि नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु साथै मेरो शेयर खाता मार्फत आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले उक्त निस्कासनमा न्यूनतम इकाई सङ्ख्या एक सय र अधिकतम इकाई सङ्ख्या एक करोड कित्ता आवेदन दिन सक्ने छन्। लगानीकर्ताले उक्त आवेदनसाथ रु. १० /- प्रति इकाईका दरले भूत्तानी गर्नुपर्ने छ। उक्त इकाई बिक्री छिटोमा २०७७/१२/०४ बैकिङ्ग समव पश्चात् र ढिलोमा २०७७/१२/१६ दैकिङ्ग समय पश्चात् बन्द हुने छ।
लगानीकर्ताले धितोपत्र सार्वजनिक निष्काशनमा लिखित वा विद्युतिय माध्यमबाट आवेदन दिँदा लगानीमा जोखिम हुन सक्ने भएकोले अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरण पत्र पढी आफनो स्वः विवेकले दरखास्त दिनको लागि क्यापितालले जनाएको छ । यस निष्काशन सम्बन्धी विस्तृत जानकारीको लागि मिति २0७६ फाल्गुन १४ गतेको “नयाँपत्रिका दैनिकमा प्रकाशित आव्हान पत्र वा सन्राइज क्यापिटल लिमिटेडको वेवसाइटमा हेर्न सकिने छ ।
कम्पनीले प्राकासन गरेको सुचना यसप्रकार छ।
सम्बन्धित
वाइवाइको आइपियो बारे बोले विनोद चौधरी , भन्छन त्यो दिन टाढा छैन।
अब आइपियोमा आवेदन दिन सजिलो हुने ।आवेदन दिन मेरो शेयरले नया वेव बनाउदै ।
खुशीको खबर : २९ करोडको IPO निस्कासन मिति सार्बजनिक , हेर्नुहोस कहिले हुदै छ निस्कासन ?
यो पनि पढ्नुहोस :
पहिलो चरणमा सोमबार स्थानीयका लागि निस्कासन तथा बिक्रि गरेकोआइपियो को बाँडफाँड भए लगतै कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणका लागि IPO निष्कासन गर्न लागेको हो । सिंगटी हाइड्रो इनर्जी लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले ४३ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने अनुमति दिएको थियो ।
सिंगटी हाइड्राे इनर्जी कम्पनी लिमिटेडले चैत ६ ( सुक्रबार ) गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (IPO ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएकाे छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४३ करोड ५० लाख रूपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गर्नका पुस २१ गते, मंगलबार अनुमति प्रदान गरेकाे थियाे ।
कम्पनीले निस्कासन गर्ने ४३ लाख ५० हजार कित्ता आईपीओ मध्ये स्थानीयका लागि १४ लाख ५० हजार कित्ता निस्कासन गरि बिक्रि गरेर बाडफाड सम्पन्न भएकोले बाँकी रहेको २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता आईपीओ आम सर्बसाधारणको निष्कासन तथा बिक्रि गर्ने कम्पनीको तयारी छ ।
सिंगटी हाइड्रो इनर्जी कम्पनीले आयोजना प्रभावित स्थानीयहरूका लागि जारी गरेको प्राथमिक शेयर बाँडफाँडमा १० देखि ४९० कित्तासम्म माग गर्नेलाई माग अनुसार नै शेयर बाँडफाँड गरिएको थियो भने ५०० कित्ता भन्दा बढी माग गर्नेलाइ गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्ता शेयर बाँडफाँड गरिएको थियो ।रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रोको IPO लाई ग्रेड ४ रेटिङ दिएको छ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम मेगा क्यापिटल लिमिटेले गरेको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो सेयर एप र मेरो सेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।