×
फेरी अर्को कम्पनीले आइपियो निस्कासन गर्ने , तर १०० मा किन्न नमिल्ने।



रिलायन्स स्पिनिङ्ग मिल्सले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) निष्काशन गर्ने तयारि गरिरहेको छ छ । कम्पनीले बुक बिल्डिङ्ग विधिबाट १४ लाख ६० हजार कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) जारि गर्ने भएको हुनाले उक्त शेयरको मूल्य रु १०० भन्दा बढी नै हुने छ। हाल नया लगानीकर्ताहरु १०० मा आइपियो किनेर बेच्ने गरेको हुनाले बुक बिल्डिङ्ग विधिले धेरैलाई निरास बनाएको छ। कतिपयले त् बुक बिल्डिङ्ग विधि मार्फत साधारण सेयर (आईपीओ) जारि गर्ने कम्पनीको शेयर बहिस्कार गर्ने समेत बताउने गर्छन।sliderunitb3 फेरी अर्को कम्पनीले आइपियो निस्कासन गर्ने , तर १०० मा किन्न नमिल्ने।

कम्पनीले उक्त साधारण शेयर निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापीटल लाई शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रवन्धक नियुक्त गरेको छ। बिक्री प्रवन्धक नियुक्ति सम्वन्धी सम्झौंतापत्रमा कम्पनीका संचालक शशिकान्त अग्रवाल र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालले हस्ताक्षर गरे।

उक्त कार्यक्रममा रिलायन्स स्पिनिङ्ग मिल्सको मुख्य लगानीकर्ता रहेका कार्यकारी अध्यक्ष पवन गोल्यान र सञ्चालक अक्षय गोल्यानको उपस्थिति रहेको थियो । उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

yarnunitb फेरी अर्को कम्पनीले आइपियो निस्कासन गर्ने , तर १०० मा किन्न नमिल्ने।

४ हजार ३ सय भन्दा धेरैे जनालाई रोजगार दिएको यो उद्योग दुहबी र खनारमा छ। उच्च प्रविधियुक्त स्पिनिङ्ग प्लान्ट र मेशिनरी जडान गरी कम्पनीले अन्तराष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोस, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ ।

सम्बन्धित : 

लगानीको अवसर : भोलि निस्कासन हुने आइपियोमा कति कित्ता दिने आवेदन ?

अब आइपियोमा आवेदन दिन सजिलो हुने ।आवेदन दिन मेरो शेयरले नया वेव बनाउदै ।

खुशीको खबर : FPO निस्कासन गर्दै किसान लघुवित्त , कहिले होला त् निस्कासन ?

यो पनि पढ्नुहोस :

ग्लोबल आइएमई बैंकले चैत १ गते ( आइतबार )देखि ऋणपत्र निस्कासन तथा बिक्रि खुला गर्ने भएको छ । बैंकले ३० लाख युनिट (इकाई) ऋणपत्र बिक्री खुला गर्न लागेको हो । बैंकले 2077/05/29 गते सेबोनमा ऋणपत्र निस्कासन गर्न अनुमति माग्दै निवेदन दिएको थियो।

दश वर्ष अवधि तथा वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको प्रति डिबेन्चर रु. १,००० अंकित मूल्यका ३० लाख कित्ताले हुन आउने रु. ३ अर्व बराबरको ऋणपत्र मध्ये १२ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व २० करोड ऋण पूँजी रकम (सो मध्ये ५५ अर्थात ६०,००० कित्ता डिवेन्चर सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारण नेपालीको लागि तथा १८ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ८० करोड ऋण पूँजी व्यक्तिगत तवर बाट सार्वजनिक निष्काशनबाट बिक्री गरिने बैंकले जनाएको छ।

बार्षिक ८.५० प्रतिशत ब्याजदर  भएको हुनाले उक्त शेयरमा लगानी गर्नु राम्रो नै हुन् छ।  बैंकमा जम्मा गर्ने पैसा याया लगानी गरे बार्षिक ८.५० प्रतिशत ब्याजदर मिल्ने छ जवकी बैनामा राख्दा ३-४ प्रतिसत मात्र मिल्छ।  लगानीकर्ताले न्यूनतम २५ कित्ता सम्म आवेदन दिनु पर्ने छ भने प्रतिकित्ता १००० को दरमा आवेदन दिनु पर्ने छ।

यस बैंकको अधिकृत पूँजी रु २५,००,००,००,०००.(अक्षरुपी पच्चिस अर्व रुपैया) रहेको छ । जसलाई प्रति शेयर रु.१०० दरले २५,००,००,००० (पच्चिस करोड) कित्ता साधारण शेयरमा विभाजन गरिएको छ ।यस बैंकको जारी पूँजी रु एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेकोछ । यस बैंकको चुक्ता पूँजी रु. एककाईस अर्व त्रिसठ्ठी करोड पच्चिस लाख तिन हजार पैंतीस रुपैया रहेको छ ।

निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स म्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।

यो ऋणपत्रमा छिटोमा चैत ४ गते सम्म आवेदन दिन सकिनेछ ।यस ऋणपत्रको बिक्री प्रबन्धकको काम सेञ्चुरी क्यापिटलले गर्नेछ । यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने ‘इक्रा एनपी एलए’ रेटिङ दिएको छ ।775708fed3ee42247d88a2400cc1fcdb37d22eec page 001 scaled फेरी अर्को कम्पनीले आइपियो निस्कासन गर्ने , तर १०० मा किन्न नमिल्ने।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय
सिफारिस