किसान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि करिब १३ लाख कित्ता एफपीओ बिक्री गर्ने तयारि गरिरहेको छ । यस अघि सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये बाँकी रहेको १२ लाख ९८ हजार २५९ कित्ता सेयर एफपीओ जारी गरेर बिक्री गर्न लागेको कम्पनीले जनाएको छ।
कम्पनीको सेयर दोस्रो बजारमा प्रति कित्ता १५०० रुपैयाँ किनबेच भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ६६९ रुपैयाँदेखि १८९५ रुपैयाँसम्म पुगेको थियो। १० करोड ६६ लाख रुपैयाँ चुक्ता पुँजी पुर्याएको लघुवित्तको नेप्सेमा ३९ लाख २८ हजार कित्ता सेयर मात्रै सूचीकृत छ ।
यस अघि एफपीओ जारी गरेका केही लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँमै पनि सेयर बिक्री गरेका थिए। एफपीओ जारी गर्दा प्रिमियमसहित जारी गर्न पाउने भए पनि कम्पनीले कति रुपैयाँमा सेयर बिक्री गर्ने भन्ने कुरा खुलाइसकेको छैन।संस्थापकतर्फ २३ लाख ५६ हजार कित्ता शेयर रहेको छ ।कम्पनीको सेयर दोस्रो बजारमा प्रति कित्ता १५०० रुपैयाँ किनबेच भइरहेको छ ।
यस अघि कम्पनीले सर्वसाधारणतर्फ १५ लाख ७१ हजार कित्ता सेयर जारी गरेकोमा थप करिब १३ लाख कित्ता सेयर एफपीओमार्फत बिक्री गर्न लागेको हो । कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ। पछिल्लो एक वर्षमा कम्पनीको सेयर मूल्य ६६९ रुपैयाँदेखि १८९५ रुपैयाँसम्म पुगेको थियो ।
सम्बन्धित :
लगानीको अवसर : आइतबार निस्कासन हुने शेयरमा कति कित्ता दिने आवेदन ?
खुशीको खबर : जीवन विकास लघुवित्तले निस्कासन गर्दै आइपियो , कति पायो रेटिङ ?
FPO निस्कासन र बोनस पारित गर्न मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा ,
यो पनि पढ्नुहोस
प्राइम कमर्सियल बैंक लिमिटेडले ८ वर्ष अवधिको “८.७५ % प्राइम डिबेन्चर २०८४ ”को निष्काशन तथा बिक्री खुल्ला गरेको छ। आज देखि रु. १ अर्व ४० करोड रुपैयाँ बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको छ । बैंकले २०७७/११/१९ गते बुधबार देखि निष्काशन तथा बिक्री खुल्ला गरिने भनिएकोमा प्राविधिक कारणवस आज देखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो।
प्राइम कमर्सियल बैंक लिमिटेडको ८ बर्ष अवधि तथा बार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको प्रति ऋणपत्र रु.१,०००/- अंकित मूल्यका ३५,००,००० लाख कित्ता मध्ये २१ लाख कित्ता डिवेन्चरले हुन आउने रु.२ अर्ब १० करोड ऋणपूँजी रकम व्यक्तिगत तबर (Private Placement) बाट बिक्री गरिने तथा १४ लाख कित्ता ऋणपत्रले हुन आउने कुल रु. १ अर्व ४० करोड ऋणपूँजी रकम (सो मध्ये ५% अर्थात ७०,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाइएको समेत) सर्वसाधारणको लागि छुट्याइएकाे छ।
बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेडले गर्नेछ ।बार्षिक८.७५ प्रतिशत ब्याजदर भएको हुनाले उक्त शेयरमा लगानी गर्नु राम्रो नै हुन् छ। बैंकमा जम्मा गर्ने पैसा याया लगानी गरे बार्षिक ८.७५ प्रतिशत ब्याजदर मिल्ने छ जवकी बैनामा राख्दा ३-४ प्रतिसत मात्र मिल्छ। लगानीकर्ताले न्यूनतम २५ कित्ता सम्म आवेदन दिनु पर्ने छ भने प्रतिकित्ता १००० को दरमा आवेदन दिनु पर्ने छ।
यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने छ ।उक्त शेयरमा आवेद्दन दिन आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, प्राइम कमर्सियल बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट सकिने छ ।
आज बाट निष्कासन गरिएकाे उक्त ऋणपत्रमा छिटोमा चैत्र ३ गतेसम्म र ढिलोमा चैत्र १३ गतेसम्म आवेदन दिन सकिनेछ । निष्काशन गरिने ऋणपत्र प्रचलित धितोपत्र निष्काशन निर्देशिका तथा प्रचलित धितोपत्र बाँडफाँड सम्बन्धी व्यवस्था अनुसार ऋणपत्रको बाँडफाँड गरी सूचिकरण भए पश्चात्स सम्बन्धित ऋणपत्रवालाको हितग्राही खातामा जम्मा गरिने बैंकले जनाएको छ।










