×
Lagani
Lagani Shiksha gif
दोहोरो अंकले बढ्यो शेयर बजार , यी कम्पनीका लगानीकर्ता भए मालामाल



आइतबार दोहोरो अङ्कले घटेर बन्द भएको बजार सोमबार र मंगलबार भने लगातार दोहोरो अङ्कले बढेको छ ।

मंगलबार नेप्से परिसूचक करिब साढे १७ अंक बढेर बन्द भएको छ। यस वृद्धिसँगै सूचक २७३५.९३ विन्दुमा आइपुगेको छ । ३ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ४.३६ अंक, फ्लोट इण्डेक्स १.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१४ अंक बढेको छ।

Lagani Shiksha gif

आज  २२८ कम्पनीको ४८ हजार १९५ पटकको कारोबारमा ३ अर्ब २१ करोड २८ लाख रुपैयाँ बराबरको ६० लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये ५ आोटा धितोपत्रको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।  यी ५ ओटा कम्पनीमध्ये नेपाल दूरसञ्चार कम्पनीको सार्बधिक रू. २१ करोड ४९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।  त्यसैगरी दोस्रोमा अरुण भ्याली हाइड्रोपावर कम्पनीको रू. १२ करोड ७८ लाख, जीवन विकास लघुवित्त वित्तीय संस्थाको रू. ११ करोड २२ लाख, हिमालयन डिष्टिलरीको रू. १० करोड ४१ लाख र आइसीएफसी फाइनान्सको रू. १० करोड २९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

अरुण भ्याली हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको र जीवन विकास लघुवित्तले आकर्षण लाभांश प्रस्ताव गरेकाले सर्वाधिक शेयर खरीदविक्री भएको हो ।

आजको कारोबारमा  मैलुङ खोला हाइड्रोपावर र युनाइटेड इदी मार्दी आरबीको शेयरमा  सकारात्मक सर्किट लागेको  छ। यस दिन मैलुङ खोला जलविद्युतको शेयरमूल्य ६२ रुपैयाँ बढेर ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ८३ रुपैयाँ ४० पैसा बढेर ९१८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ।

यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक घटेको छ भने बाँकी ११ उपसमूहको परिसूचक बढेको छ। यस दिन विकास बैंक, वित्त, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस