×
Lagani
Lagani Shiksha gif
फेरि माैसममा खराबी : यी चार प्रदेशका धेरैजसाे स्थानमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने



आज बुधबार फेरि माैसममा खराबी आएकाे छ ।

मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसाे सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

Lagani Shiksha gif
sharehubapk फेरि माैसममा खराबी : यी चार प्रदेशका धेरैजसाे स्थानमा वर्षाकाे सम्भावना, हिमपात पनि हुने

बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राती सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएकाे छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ  ।

 

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस