×
Lagani
Lagani Shiksha gif
एक सातामा १ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति , नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि



पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि भएको छ ।

यो साता बजार ७३ दशमलव ५९ अंकले बढ्दा सूचीकृत कम्पनीहरुको कुल शेयरको मूल्य पनि बढेको हो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक तीन दिन बजार उकालो लाग्दा दुई दिन भने गिरावट आएको छ । यो साताको पाँच दिनको कारोबारमा नेप्से परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको छ ।

Lagani Shiksha gif
sharehubapk एक सातामा १ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति , नेप्से परिसूचक ७३.५९ अंकले वृद्धि

गत साताको अन्तिम कारोबार दिन रू. ४० खर्ब ३७ अर्ब १२ करोड ७२ लाख रहेको कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ४१ खर्ब ४२ अर्ब ५३ करोड कायम भएको हो । अघिल्लो साता १६५.२८ अंकले बढेको नेप्से परिसूचक यो साता ७३.५९ अंकले बढेको हो । गत साताभन्दा पछिल्लो यो साता नेप्से परिसूचक गिरावट आएको छ ।

साताको पहिलो दिन ६९ अंकले बढेको बजार दोस्रो दिन पनि २० दशमलव ६९ अंकले बढेको हो । तेस्रो दिन १० दशमलव ७८ अंक र चौथो दिन ३८ दशमलव ३५ अकले घटेको बजार पाँचौ दिन पुनः ३३ दशमलव शून्य ३ अंकले बढेर बन्द भएको हो ।

गतसाता २ खर्ब ६ अर्ब ७८ करोड रुपैयाँले बढेको लगानीकर्ताको सम्पती यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । यो साता १ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँ सम्पती बढेर ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ ।

गत साताको तुलनामा यो साता अन्य समूहको परिसूचक सर्वाधिक ३ दशमलव ७६ प्रतिशत वृद्धि भएको हो । गत साता २ हजार १३७ दशमलव ०१ विन्दुमा रहेको अन्य समूहको परिसूचक यो साता २ हजार २१७ दशमलव ३५ विन्दुमा पुगेको हो ।

यो साता म्युचुअल फण्डको दुइ  दशमलव ७१ प्रतिशत , विकास बैंकको २ प्रतिशत , निर्जीवन बीमाको २ दशमलव २३ प्रतिशत र होटल्स तथा पर्यटन समूहको १ दशमलव ३९ प्रतिशत परिसूचक बढेको छ ।

गत साताभन्दा यो साता व्यापारिक समूहको परिसूचक १ दशमलव ६२ प्रतिशत,  लगानी समूहको शून्य दशमलव २३ प्रतिशत र लघुवित्तको शून्य दशमलव शू्न्य ४ प्रतिशत घटेको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस