×
यी दुई कम्पनीले आईपीओ निष्कासन गर्दै , कहिले होला त् निष्कासन ?



रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेड र पिपुल्स पावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

रसुवागढी हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि ६८ लाख ४२ हजार १०० कित्ता आईपीओ निष्कासन गर्नका लागि बोर्डमा पुस २३ गते निवेदन दिएको हो भने पिपुल्स पावर लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्न बोर्डमा पुस २७ गते निवेदन दिएको हो।

रसुवागढी हाइड्रोपावरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

पिपुल्स पावरले ३० लाख ९९ हजार ७४० कित्ता आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो भने विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

बोर्डबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन गर्नेछ भने त्यसपछि दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस