×
Lagani
Lagani Shiksha gif
शेयर बजारका डन शिव चन्द्रले गरे आफ्नो भिडियो र तस्बिर सार्बजनिक। हेर्नुहोस



शेयर बाजाका डन भनेर चिनिने लुकेका पात्र शिव चन्द्रले आफ्नो तस्बिर सार्बजनिक गरेका छन्।

अर्थ सरोकारमा अन्तर्वार्ता सार्बजनिक भएपछी आलोचनामा आए। उनको अनुसार एक पुर्वपत्रकार उनको पछी परेको कारण उनले आफ्नो तस्बिर सार्बजनिक गरेका हुन्। सुरुमा त् उनले आफु सानो छडाको तस्बिर सार्बजनिक गर्दे यस्तो लेखे।

Lagani Shiksha gif
sharehubapk शेयर बजारका डन शिव चन्द्रले गरे आफ्नो भिडियो र तस्बिर सार्बजनिक। हेर्नुहोस

यो चाहिं फेक आईडी….फेक आईडी……. फोटो…..फोटो….भनेर रोईलो गर्ने भड्किएका केहि दु:खी आत्माहरुको लागी ओखति !
शुभरात्री थैन्कु

271146523 1332145797232672 3420694800604967763 n शेयर बजारका डन शिव चन्द्रले गरे आफ्नो भिडियो र तस्बिर सार्बजनिक। हेर्नुहोस

✍️यो चाहिं फेक आईडी….फेक आईडी……. फोटो…..फोटो….भनेर रोईलो गर्ने भड्किएका केहि दु:खी आत्माहरुको लागी ओखति !
शुभरात्री💚🌹
थैन्कु😊

त्यस लगतै उनले आफ्नो अर्को तस्बिर सार्बजनिक गर्दै “कुन्नी के एउटा कोईरालो भन्ने भु.पु. अल्पत्रकार लाई शिव चन्द्रको दर्शन गर्ने रहर चढेछ , रोईलो निक्कै गरे ! लु दर्शन गर ! सुगर, प्रेसरले गाँजेको मान्छे अरुको किन यत्ती धेरै चिन्ता लिन्छौ मित्र? मतीभ्रष्ट पुरानो नुवाकोट काण्ड याद छ नि? गड ब्लेस यु थैन्कु ”  यस्तो  लेखेका हुन।   

271179319 1332226350557950 1547910268674559508 n शेयर बजारका डन शिव चन्द्रले गरे आफ्नो भिडियो र तस्बिर सार्बजनिक। हेर्नुहोस

कुन्नी के एउटा कोईरालो भन्ने भु.पु. अल्पत्रकार लाई शिव चन्द्रको दर्शन गर्ने रहर चढेछ , रोईलो निक्कै गरे ! लु दर्शन गर ! सुगर, प्रेसरले गाँजेको मान्छे अरुको किन यत्ती धेरै चिन्ता लिन्छौ मित्र? मतीभ्रष्ट पुरानो नुवाकोट काण्ड याद छ नि? गड ब्लेस यु थैन्कु

त्यस्ती मात्र भएन भनेर उनले आफ्नो सानो भिडियो क्लिप पनि सार्बजनिक गरेका छन्। उनले भिडियो सार्बजनिक गर्दै “ कतिपय मित्रहरुले चित्रले मात्र भएन चलचित्र पनि हेर्न पाउनु पर्‍यो भन्नु भएको हुँदा यो छोटो चलचित्र पनि पेश गरेको छु। शुभ प्रभात थैन्कु ”  लेखेका छन।

अस्ति अर्थ सरोकारमा उनको अन्तर्वार्ता सार्बजनिक भएपछी उनि आलोचनामा परेका हुन्।  उनले अन्तर्वार्तामा भनेको केहि कुरा यस्तो रहेको छ।

सेयर बजारमा लगानिकर्ताले गर्ने गल्ती भनेकै सही आत्मबिश्वासको कमी र समयमा सही निर्णय लिन नसक्नु हो । हामी अरुले भनेको कुरा बढी भरपर्दो मान्छौं । अझ मिडियामा छापिएको कुरालाई त धेरै नै प्राथमिकताका साथ लिन्छौं । यो बुझ्दैनौं कि समाचार बनाउनेहरु पनि त हामीजस्तै हुन् । एउटा सन्दर्भ जोड्न चाहन्छु । एकपटक एक राष्ट्रीय दैनिकका आर्थिक पत्रकार मित्रसँगको भेट भएको थियो । पत्रपत्रिका हेरिरहने हुनाले मेरो मनमा एउटा जिज्ञासा थियो ।

मैले उहाँलाई ‘तपाईंहरु त कलम चलाएर नै सेयर बजारलाई उथल-पुथल पारिदिनुहुन्छ, ठुलै लगानी छ कि क्या हो ?’ भनेर सोधें । उहाँले ‘छैन सर, आईपिओ भरिन्छ, पर्ने त्यही १० कित्ता हो, अहिलेसम्म बिक्री गरेको छैन । एकपटक दोस्रो बजारबाट ४६०० का दरले एनएलआईसी किनेको थिएँ अहिले डुबानमा छु।’ भन्नुभयो। त्यसपछि मैले समाचारलाई पनि फिल्टर गरेर सुन्न – पढ्न थालें ।

उहाँहरुसँग हामी सँगभन्दा बढी आफ्नो क्षेत्रको  ज्ञान पक्कै हुन्छ, तर हामी सेयर बजारमा भिजेकाहरुसँग त बजारको व्यवहारिक ज्ञान पनि त छ नि। अनि किन मिडियामा आएका सबै समाचारको पछि लागेर आफ्नो ज्ञान र अनुभवलाई खोयाको दर्जा दिने ? लगानीकर्ताको अर्को ठुलो गल्ती भनेकोचाहिं बजार बढ्दा अब कुनै दिन बजार घट्छ भनेर सोच्ने फुर्सद नै नहुने अनि बजार घट्दा फेरी कुनै दिन बजार बढ्छ भन्ने बिश्वास नै नहुनु हो । यो हरेक लगानेकर्ताले सुधार्नुपर्ने प्रवृति हो ।

आफुले गरेको गल्ती सम्झनुपर्दा कुनै समयको ब्लु चिप कम्पनी चिलिमेको अन्ध भक्त भएर लागेको थिएँ । चिलिमे बाहेकको अरु कुनै कम्पनी त सेयर नै होइनजस्तो लाग्दथ्यो।  सबैलाई सोही कम्पनी किन्ने सुझाव दिन्थें । ६५० मा खरिद गरेको चिलिमे छोटो समयमै ११०० पुग्दा नाफा बुक गरेको थिएँ । त्यसपछी घट्ला र उठाउँला भनेर कुर्दा कुर्दै निरन्तर बढेर २६०० पुग्यो, सो सेयरको मूल्य।   बजारिया हल्लाको पछी लाग्दा अब त घट्दैन भन्ने निर्णय गरेर २६०० माथी खरिद गरें । खरिद गर्ने बित्तिकै मेरो निर्णय गलत ठहरियो । २६००माथि खरिद गरेको सेयर घट्दै जाँदा मैले १४०० मा बिक्री गर्दा करिव १८ लाख घाटा खाएको थिएँ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस