काठमाडौं, १६ असोज । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार पाँच सय रुपैयाँले बढेको हो।
बिहीबार प्रतितोला दुई लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार बढेर दुई लाख ९४ हजार आठ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। बिहीबार चार हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार चार हजार ४५० रुपैयाँ कायम भएको छ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार १८३.१५ अमेरिकी डलर तथा चाँदी प्रतिऔंस ६१.१५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया
Subscribe
Login
0 Comments
Most Voted














