×
Lagani
Lagani Shiksha gif
एसवाई प्यानलको आईपीओ निष्कासन मिति सार्बजनिक , कति दिने आवेदन ?



एसवाई प्यानल नेपाल लिमिटेडले आगामी कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर वितरण गरिसकिएको हुँदा अब दोस्रो चरण सर्वसाधारणका लागि खुल्न लागेको हो।

Lagani Shiksha gif

कम्पनीले बाँकी सेयरमध्ये आफ्ना कर्मचारीहरूका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषहरूका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्याएको छ। यी सबै कित्ताहरू छुट्याएपछि अब बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि खुला हुनेछ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्ताका लागि एक हजार रुपैयाँ र अधिकतम ५० हजार कित्ताका लागि ५० लाख रुपैयाँ बराबरको आवेदन दिन सक्नेछन्। यस आईपीओमा कात्तिक १९ गतेदेखि आवेदन खुल्नेछ र छिटोमा कात्तिक २३ गते बन्द हुनेछ।

कम्पनीको आईपीओ निष्काशनका लागि इक्रा नेपालले ‘इक्राएनपी–आईआर बीबीप्लस’ रेटिङ प्रदान गरेको छ। यस रेटिङले कम्पनीको वित्तीय दायित्वहरू समयमै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम सुनिश्चितता रहेको जनाउँछ। यस आईपीओको बिक्री व्यवस्थापनको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
sumit bhandari
Guest
sumit bhandari
December 1, 2025 9:04 pm

Mangsir hola ni ho



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस