×
Lagani
Lagani Shiksha gif
प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारीलाई पनि बाँकी राखेनन्



विहारको एउटा अदालतभित्र प्रवेश गरेर प्रहरीले एक जना न्यायाधीशलाई निर्धात कुटेका छन् ।

मधुवनी जिल्लाको एक अदालतभित्र प्रहरीले  न्यायाधीशलाई कुटेका हुन् । बिहीबार दिउँसो दुई जना प्रहरी अदालत कक्षभित्र प्रवेश गरेर न्यायाधीश अभिनाश कुमारलाई आक्रमण गरेका थिए । आक्रमणअघि उनीहरुले न्यायाधीशमाथि बन्दुक तेर्साएर थिए ।

Lagani Shiksha gif
sharehubapk प्रहरीले अदालतभित्रै पसेर कुटे न्यायाधीश, वकिल र कर्मचारीलाई पनि बाँकी राखेनन्

सो समयमा न्यायाधीशले ती प्रहरी अधिकारी संलग्न रहेको एउटा मुद्दाको सुनुवाई गरिरहेका थिए । पीडित न्यायाधीशलाई अहिले सरकारले थप सुरक्षा प्रदान गरेको छ । अदालतमा भएको घटनाबाट उनी बिक्षिप्त भएको बताइएको छ । प्रहरी अधिकारी गोपाल कृष्ण र सहायक निरीक्षक अभिमन्यु कुमारले न्यायाधीशलाई जोगाउन खोज्ने वकिल र अदालतका अन्य कर्मचारीहरुलाई पनि कुटेका थिए ।

अदालतले सो घटनालाई अप्रत्यासित भन्दै त्यसबारे छानविन गर्न सरकारसँग माग गरेको छ । आक्रमणपछि प्रहरी अधिकारीहरु मुछिएको भनिएको मुद्दाको सुनुवाई स्थगित भएको छ ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
0 Comments
Most Voted
Newest Oldest


साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस