×
Lagani
Lagani Shiksha gif
एडीबीद्वारा नेपाललाई दिने १३ अर्बको सहुलियतपूर्ण ऋण स्वीकृत।



एसियाली विकास बैंक एडीबीले नेपाललाई दिने १० करोड अमेरिकी डलर अर्थात् करिब १३ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

नेपालको वित्तीय व्यवस्थापनलाई सुदृढ तथा विकेन्द्रीकरण गर्नका लागि एडीबीले उक्त ऋण स्वीकृत गरेको हो । स्थानीय स्तरमा वित्तीय व्यवस्थापनका लागि स्रोत, योजना तथा व्यवस्थापन सुधार कार्यका लागि यो ऋणमार्फत् प्रदान गरिने रकम खर्च हुने एडीबीले जनाएको छ ।

Lagani Shiksha gif
sharehubapk एडीबीद्वारा नेपाललाई दिने १३ अर्बको सहुलियतपूर्ण ऋण स्वीकृत।

सन् २०२५ सम्म संरचनात्मक वित्तीय रूपान्तरणका लागि एडीबीको सहयोग महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । ‘एडीबीको कार्यक्रमबाट पुँजीगत खर्चको मात्रा र गुणस्तर बढाउन, वित्तीय जोखिम न्यूनीकरण गर्न, सार्वजनिक निकायलाई सुधार गर्नुका साथै लैङ्गिक एवम् जलवायुसम्बन्धी वित्तीय पारदर्शिता र दक्षता अभिवृद्धि गर्न सहयोग पुग्नेछ’ एडीबीका सार्वजनिक व्यवस्थापनसम्बन्धी अर्थशास्त्री चन्दन सापकोटाले भने ।

प्रतिक्रिया
Subscribe
Notify of
guest
1 Comment
Most Voted
Newest Oldest
इनलाइन प्रतिक्रियाहरू
सबै टिप्पणीहरू हेर्नुहोस्
Bhesh Raj Pathak
Guest
Bhesh Raj Pathak
September 23, 2023 12:06 pm

मिलिजुलि खाएर सक्छन याे



साताको चर्चित
ताजा समाचार
लोकप्रिय
सिफारिस